४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत

सरकारले नक्कली भूटानी शरणार्थी प्रकरणमा जरैसम्म अनुसन्धान गर्न सकेनः राजेन्द्र पाण्डे

सरकारले नक्कली भूटानी शरणार्थी प्रकरणमा जरैसम्म अनुसन्धान गर्न सकेनः राजेन्द्र पाण्डे
फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा हुन नसकेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले नक्कली भूटानी शरणार्थीको अनुसन्धान प्रक्रिया पूर्ण रुपमा गर्न नसकेको बताउनु भयो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणको जरो बीचमै काटिँदा अनुसन्धान पूरा नभएको बताउनु भयो ।

उहाँले भ्रष्टाचार अहिले संघदेखि स्थानीय तहका वडा सदस्यसम्म फैलिएको बताउनु भयो । उहाँले अहिले को छ भ्रष्टाचारी नभइ को छैन भ्रष्टाचारी भनेर खोज्नुपर्ने स्थिति देखिएको बताउनु भयो । उहाँले अनियमतितामा सरकारले जरैसम्म पुगेर अनुसन्धान गरी दोषीउपर कारबाही गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी नै शासन सत्तामा आइसकेपछि फेरि सत्तासिन दलहरुबाट भ्रष्टाचारका घटनाहरु हुन थाले । संसदीय व्यवस्था सँगसँगै पँझेरो भित्रियो । सुविधाभोगी हुने प्रवृत्तिको विकास भयो । आज को छ भ्रष्टाचारी होइन, को छैन भ्रष्टाचारी भनेर खोज्नुपर्ने अवस्था आएको छ । भ्रष्टाचार हिजो प्रधानमन्त्री, मन्त्रीको तहमा मात्रै हुन्थ्यो होला अब हाम्रो वडा सदस्यसम्म भ्रष्टाचार पुगेको छ । वडा अध्यक्षले योजना तोक्ने वडा अध्यक्षको सालोले डोजर किन्ने, बजारमा तीन हजार प्रतिघण्टाको डोजरलाई वडा अध्यक्षको सालोले ५१ सय लिने । यता घटना आज शुरु भएका छन् । यो भ्रष्टाचारका गतिविधिलाई सचेतता पूर्वक नियन्त्रण गर्ने अभियान सञ्चालन गर्नुपर्छ ।’

‘नक्कली भूटानी शरणार्थी काण्डको बारेमा संसदमा मैले नै पहिलो कुरा उठाएको हो । त्यो बेला प्रतिपक्ष दलका प्रमुख सचेतकले हाम्रा नेता टोपबहादुर रायमाझीलाई जघन्य अपराधी भन्न पाइँदैन भनेर प्रतिवाद गर्नुभएको थियो । अपराध गर्ने मान्छे अपराधको नजरमा सांसद मन्त्री जो भएपनि कारबाहीको दायरामा आउनुपर्छ भनेको थिएँ । आज त्यो भूटानी शरणार्थी काण्ड कति ठूलो काण्ड भएर गयो, कहाँसम्म पुग्यो भन्दा बीचमा गएर जरा काटिएको छ, पल्ले छेउसम्म पुगेन, त्यसको खोजतलास पुगेको छैन । यस्ता काण्डलाई बन्देज गरी भ्रष्टाचारको जरैसम्म पुग्न जरुरी छ ।’

उपाध्यक्ष पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने देशमा सुशासन कायम हुन नसक्ने बताउनु भयो ।