२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस रामेछापका जिल्ला अध्यक्ष बस्नेत सिंगो टिमसहित एमालेमै फर्किए



अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेश बस्नेत नेकपा एमालेमा नै फर्कनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा उहाँको जन्मस्थल रामेछापको सदरमुकाम मन्थलीमा आइतबार नेकपा एमाले जिल्ला कमिटी रामेछापको व्यवस्थापनमा नेकपा एमाले केन्द्रीय कमिटीले आयोजना गरेको कार्यक्रममा बस्नेत एमालेमा फर्कनु भएको हो ।

बस्नेतलाई एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरूले बस्नेतलाई एमालेमा स्वागत गर्नुभयो । बस्नेत मन्थली नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा जिल्ला विकास समिति रामेछापका पूर्व सभापति र उपसभापति समेत हुनुहुन्छ ।

नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व एमालेले मात्र गर्न सक्ने भएको कारण आफू एमालेमा फर्किएको बस्नेतले बताउनुभयो । आफू एमाले प्रवेश गरेको नभई बाहिर जाँदा हण्डर खाएर आफ्नै पार्टीमा फर्किएको उहाँले सुनाउनुभयो ।

एकीकृत समाजवादीले राम्रो गर्छ कि भन्ने लागेको भए पनि कांग्रेसको पिछलग्गु भएर केबल एमालेलाई समाप्त पार्नको लागि मात्र माधव नेपाल लागेकोले सो पार्टीले देश, जनताको हित र कम्युनिष्ट विचार बोक्न नसक्ने बस्नेतले बताउनुभयो । आफू एमालेमा कुनै भाग लिन नभई पार्टीको सेवा गर्न एमालेमा फर्किएको उहाँले प्रष्ट पार्नुभयो ।

सोही कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका उपाध्यक्ष केशव दाहाल, नेकपा एकीकृत समाजवादीका नेताहरु लगायत नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।