४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

पार्टीभित्र अनुशासनको आवश्यकता छः डा. महत

पार्टीभित्र अनुशासनको आवश्यकता छः डा. महत
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरुलाई खुइल्याउने काम नगर्न आग्रह गर्नुभएको छ ।

आईतवार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै उहाँले नेतृत्वलाई अनावश्यक गालि गलौज गर्ने र खुइल्याउने काम नगर्न आग्रह गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालबाट नियोजित किसिमले बिरोध गर्नेकुरा कसैले कहीँबाट पनि गर्नु नहुने बताउनु भयो । उहाँले आपसमा गालिगलौज नगरी एकतावद्ध भएर अगाडी बढेमा काँग्रेसलाई कसैले बिस्थापित गर्न नसक्ने उहाँले बताउनु भयो । उहाँले पार्टीभित्र अनुशासनको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘आजको आवश्यकता हाम्रो पार्टीमा विचार छैन । हाम्रो पार्टीको दृष्टिकोण छैन । हाम्रो पार्टीको मिशन छैन । हाम्रो पार्टीको भिजन छैन त्यो होइन । हाम्रो पार्टीको मिशन छ । हामी हाम्रो पार्टीप्रति गर्व गर्छौं । उच्च मनोबलका साथ जनतामा जान्छौँ । हामी त खत्तम भइसक्यौँ । हाम्रो अब भविष्य छैन । फलानोले गर्दाखेरी पार्टी यो ठाउँमा पुग्यो । ऊ ठाउँमा पुग्यो भन्ने मानसिकताबाट प्रस्तुत हुन्छौँ भने जतिसुकै, जतिवटा कार्यक्रम गरेपनि हामीले हाम्रो जनाआधार जुन बिस्तार गर्ने लक्ष्य राखेका छौँ एक्लै निर्वाचन जित्ने लक्ष्य राखेका छौँ । त्यो पूरा हुन सक्दैन ।’

‘त्यसकारण पहिलो कुरा अनावश्यक किसिमको गालिगलौज, नेतृत्वलाई खुइल्याउने कुरा र सामाजिक सञ्जालबाट नियोजित किसिमबाट बिरोध गर्नेकुरा र नभएकोलाई पनि भएको जस्तोगरी प्रश्तुत गर्नेकुरा हामी कहीँ कतैबाट, कसैले पनि गर्नु हुँदैन । त्यो नगरेर हामी एक मनले, एक चित्तले पार्टी संगठनमा लाग्यौँ भने, जनताको बिचमा गयौँ भने नेपाली काँग्रेसलाई कसैले रिप्लेश गर्न सक्दैनँ । त्यसमा दुईमत छैन । त्यसैले मुलभुत रुपमा पार्टीमा अनुशासनको आवश्यकता छ । र अनुशासनको लागि हाम्रो पार्टी हो । पार्टीमा मतभिन्नताहरु हुन सक्दछन् । एक अर्कालाई कतिपय अवस्थामा मन पराउँला नपराउँला । तर हाम्रो पार्टीको उम्मेदवार भइसकेपछि त्यसलाई हामी सघाउँछौँ । मलाई व्यक्तिगत रुपमा मन नपर्न सक्छ । हाम्रो पार्टीको उम्मेदवार भन्दा अर्को पार्टीको उम्मेदवार हाम्रो सहयोगी हुन सक्दैन भन्ने बटमलाइनमा हामी एक हुने कि नहुने ?’

उहाँले पार्टीभित्र मतभिन्नताहरु भएपनि निर्वाचनका बखत पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउनुपर्ने बताउनु भयो ।