२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै कम्युनिष्टहरु एक ठाउँमा आउनुपर्ने आवश्यकता छः वामदेव गौतम



file photo
अ+ अ-

काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टहरुलाई एकतावद्ध हुन आह्वान गर्नुभएको छ ।

आईतवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजवादी मोर्चा बनाउनु राम्रो भएपनि एक÷दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताउनु भयो । उहाँले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवादको निर्माण कम्युनिष्ट मोर्चाहरु मिलेर मात्रै सम्भव रहेको बताउनु भयो । उहाँले लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवादको लागि सबै नेपाली कम्युनिष्टहरु एउटा मोर्चामा आउन जरुरी रहेको बताउनु भयो । उहाँले समाजवादी मोर्चामा दुई÷तीन वटा पार्टी मात्रै नभइ नेकपा एमाले, मोहन वैद्य, लगायतका अन्य छरिएर रहेका कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबै कम्युनिष्टहरु एकतामा आऔँ । मोर्चाको उद्देश्य नेपाली जनताको समृद्धिलाई बनाऔँ । नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज, समृद्ध समाजवाद, कृषि, उद्योग धन्दाको क्षेत्रबाट कहाँबाट शुरु गर्न सकिन्छ, सामाजिक रुपबाट, सामाजिक सहतिको उत्पादनका साधनमाथि जति सकिन्छ त्यति क्षेत्रबाट ठोस कार्यक्रमका साथ हामी सबै लागौँ । त्यो नेपालका कम्युनिष्टहरुले मात्रै स्थापना गर्न सक्छन् । त्यस्तो समाजवाद निर्माण गर्न सक्छन् । हामीले पनि त्यो संविधान बन्दा अनेकौँ समस्या झेलेर हामीले राखेको लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद, समृद्ध समाजवाद हामीले राखेर, कम्युनिष्टहरुको समाजवाद प्राप्तिको निम्ति एउटा मोर्चामा आवद्ध हुनुपर्छ । जसको लागि प्रचण्ड, कमरेड माधव नेपाल र अरु अरु मिलेर शुरु गर्नुभएको छ, राम्रो काम गर्नुभएको छ तर दुई तीन वटा पार्टी मिलेर मोर्चा बनाउने काम नगर्नुस् । सबै मिल्नुपर्छ, सबैलाई ल्याउन सक्नुपर्छ । मैले प्रचण्डलाई भने, कमरेड यसमा सबैलाई जोड्नुपर्छ । नेकपा एमालेका अध्यक्ष र सबैजना, मोहन वैद्यलाई पनि पत्राचार गर्नुस्, नेकपा (माओवादी केन्द्र) बाट फुटेकालाई पनि आवद्ध गर्नेगरी आज आवश्यकता छ, समाजवादको । समाजवाद नै निर्माण गर्ने हो, जति सकिन्छ त्यत्ति सामाजिक उत्पादनका लागौँ । पुनः कम्युनिष्टहरु एक ठाउँमा हुनुपर्छ । कमेरेड पुष्पलालले भन्नुभएको, देख्नुभएको सपना साकार पार्ने हो भने पहिलाकै बाटोमा जानुपर्छ । जसरी पनि त्यो लागू गर्नुपर्छ । त्यसरी मात्रै शक्ति आर्जन गर्नसक्नुपर्छ ।’

नेता गौतमले पुष्पलालले देख्नुभएको सपना साकार पार्न कम्युनिष्ट पार्टीहरु एक भएर शक्ति आर्जन गर्नुपर्ने बताउनु भयो ।