४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै

दिगो शान्ति र स्थायित्वका लागि पार्टी एक ढिक्का हुन आवश्यक छः सभापति देउवा

दिगो शान्ति र स्थायित्वका लागि पार्टी एक ढिक्का हुन आवश्यक छः सभापति देउवा
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा दिगो शान्ति र स्थायित्वका लागि पार्टीभित्र एक ढिक्का हुन आवश्यक रहेको बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आज ४१औँ बिपी स्मृति दिवस तथा नेपाली कांग्रेस सुनसरीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र पक्षधर दल एकजुट हुनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

विगतमा दुई तिहाइ बहुमतको दम्भले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संविधान र प्रजातन्त्रलाई धरापमा पार्न उद्धत रहेको उल्लेख गर्दै सभापति देउवाले अहिले पनि स्थिर सरकार रहन नदिने चलखेल भइरहेकाले सबै लोकतन्त्र पक्षधर एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । पार्टीभित्र गुटउपगुटको राजनीति त्यागेर समष्टिगत रुपमा देश र जनताप्रति उत्तरदायी हुँदै एक ढिक्का भएर अगाडि बढ्न जरुरी रहेको उहाँको भनाइ छ ।

मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि बनेको कांग्रेसको सरकारले जनताका पक्षमा कार्यक्रम ल्याएको भए पनि नेतृत्वले जनताको माझ पुगेर ती कुरा बुझाउन नसक्दा बहुमत ल्याउन नसकिएको चर्चा गर्नुहुँदै सभापति देउवाले २०८४ को निर्वाचनमा एकल कांग्रेसको तीनै तहमा सरकार बनाउने गरी अभियानमा जुट्न नेताकार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रमका वक्ता केन्द्रीय सदस्यहरूले पार्टीभित्रको अन्तर कलह र आलोचना तथा गाली गर्ने काम छ महिना मात्रै बन्द गर्न सके कांग्रेसप्रतिको जनताको धारणामा परिर्वतन आउनेमा विचार व्यक्त गर्नुभएको थियो । केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले नेतृत्वले गुटबन्दी गर्न नहुने बताउँदै अब कोही पनि कुनै गुटको पछि नलाग्ने र सबै कांग्रेस एक भएको सन्देश दिने प्रण गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुक, जनता र प्रजातन्त्रलाई दिशाबोध गर्न भावनात्मक रुपमा हृदय परिवर्तन गरेर अब सधैँका लागि कांग्रेस एक भएको सन्देश प्रवाह गर्नलाई आग्रह गर्नुभयो ।

कांग्रेसका अर्का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको विकास, समृद्धि र जनभावनाको कदर गर्ने पार्टी कांग्रेस भए पनि त्यसलाई बुझाउन नसक्दा समस्या देखिएकाले त्यसमा लाग्न सबैलाई आग्रह गर्नुभयो । त्यसैगरी पार्टीका नेता विजयकुमार गच्छदारले कांग्रेस एकजुट भएको विश्वास जनता माझ पुर्याउन नेताहरू नै विवेकशील बन्नुपर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य राजीव कोइरालाले मुलुकलाई दीगो शान्ति, राजनीतिक स्थायित्व प्रदान गर्न कांग्रेसको भित्र कुशलता, पारदर्शीता र जवाफदेहिता हुनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, प्रदेश सांसद इसराईल मंसुरी, सदानन्द मण्डल, ममता तामाङ, पूर्वराज्यमन्त्री सीताराम मेहता, कोसी गाउँपालिकाका अध्यक्ष अयुव अंसारी, लगायतकाले सम्बोधन गर्नुभएको थियो । रासस