२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

चीनले नेपाललाई झण्डै १ करोड डोज खोप दिने !

चीनले नेपाललाई झण्डै १ करोड डोज खोप दिने !
अ अ+ अ-

काठमाडौं । चीन सरकारले कोरोना भाइरसका विरुद्धमा खोप किन्न पनि नपाएको नेपाललाई ठूलो मात्रामा खोप दिने भएको छ । 

नेपाल सरकारको प्रस्ताव अनुसार चीनले नेपाललाई लगभग एक करोड डोज नै खोप दिने तयारी गरेको बेइजिङस्थित नेपाली दूताबास स्रोतले जनाएको छ । 

सो समाचार स्रोतले भन्यो– नेपालको प्रस्ताव अनुरुप नै चीनले अनुदान तथा खरिद पनि निकै सस्तो मूल्यमा नेपाललाई कोरोनाको खोप दिने भएको छ, अब छिट्टै नै यो प्रक्रिया शुरु हुनेछ । 

सम्भवत आगामी सोमबार या मंगलबारसम्ममा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच टेलिफोन वार्ता पनि हुने भएको चीनमा अवस्थित अर्काे समाचार स्रोतले जनाएको छ ।

उहाँहरुबीच आगामी हप्ता फोन वार्ता हुदैछ, सायद त्यति नै बेला के कति मात्रा खोप नेपाललाई दिने भन्ने पनि स्पष्ट हुनेछ, सो चिनियाँ समाचार स्रोतले भन्यो । 

तर लगभग एक करोड जति मात्रा खोप चीनले नेपाललाई दिने विषयमा नेपाल र चिनियाँ अधिकारीहरुबीच सूचना भने आदानप्रदान भइसकेको छ ।   

नेपालले केही समयअघि भारतबाट खोप ल्याउने तयारी गरेको भए पनि पछिल्ला केही दिनयता भारतमा बढ्दो महामारीका कारण खोप नदिने भएको थियो । 

त्यस अगावै नेपाललाई खोप उपलब्ध गराउने भन्दै चीनले नै नेपाल सरकारलाई पत्र लेखेको भए पनि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले त्यो पत्र नै गायब पारेको खुलासा यसअघि नै भइसकेको छ ।

चीनले अनुदानमा तथा निकै सस्तोमा जस्तो कि प्रति डोज बढीमा एक अमेरिकी डलरमा खोप उपलब्ध गराउने भएको थियो । तर त्यसबाट कमिसन खान नपाइने भएपछि त्यो चिनियाँ सरकारले दिन्छौँ भनेको त्यो फाइल उल्टै गायब बनाएर मन्त्री त्रिपाठीले भारतीय कम्पनीसँग बार्गेनिङ गरेका थिए । 

मन्त्रीले कमिसनका लागि बार्गेनिङ गर्दा गर्दै भारतमा महामाहरी बढेपछि भारत सरकारले नै खोप निर्यात गर्न प्रतिबन्ध लगाएको थियो । 

जसका कारण कोभिसिल्डको पहिलो डोज लगाएका नागरिकको दोस्रो डोज लगाउने बेला घर्किसक्दा पनि सरकारले खोप भित्र्याउन सकेको छैन । 

यस्तो बेलामा चीन सरकारले दिने भनेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो मात्राको खोपको ठूलो महत्व रहने स्वास्थ्य क्षेत्रका विज्ञहरुको भनाई छ ।