२३ असार २०८३, मंगलवार
,
Latest
मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिसाबको रंग हेरेर थाहा पाउनुस् आफ्नो स्वास्थ्य



अ+ अ-

काठमाडौं । शरीरमा रहेका विकारहरू निकाल्ने प्राकृतिक तरिका हो पिसाबमोचन । यसको सामान्य रंग फिक्का पहेंलो वा अलिकति गाढा पहेंलो हुनसक्छ । पिसाबको रंग हेरेर तपाईंले आफ्नो स्वास्थ्यस्थितिका बारेमा थाहा पाउनुहुन्छ स्

 फिक्का पहेंलो : पिसाबको रंग फिक्का पहेंलो छ भने तपाईंको स्वास्थ्य ठीक छ भन्ने संकेत हो । तपाईंको शरीरले राम्रो काम गरिरहेको छ ।

पहेंलो : शरीरमा पानीको मात्राको कमी भयो भने पिसाबको रंग पहेंलो हुन पुग्छ । टन्न पानी पिउनुभयो भने यो समस्याबाट मुक्ति पाइन्छ ।

गाढा पहेंलो : औषधीको अत्यधिक सेवनले पिसाबको रंग गाढा पहेंलो हुन्छ । कलेजोको समस्या भयो भने पनि पिसाब पहेंलो हुन्छ । तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्छ ।

दूधजस्तो सेतो : तपाईंको पिसाब दूधजस्तो सेतो छ भने युरिन इन्फेक्सन वा पत्थरी भएको हुनसक्छ । तत्कालै चिकित्सकसँग परामर्श लिइहाल्नुस् ।

रातो वा गुलाफी : कहिलेकाहीँ रातो रंगको खानेकुरा वा फलफूल खाँदा पनि पिसाब रातो हुन्छ । तर यी कुरा नखाइकनै तपाईंको पिसाब रातो छ भने रगत आएको हुनसक्छ । यस्तोमा चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

सुन्तला रंग : पिसाबको समस्यालाई रोक्नका लागि लिइएको औषधीले पनि पिसाबको सुन्तला रंग हुन्छ ।

तपाईं पिसाबको रंगमा आएको परिवर्तनको कारण थाहा पाइरहनुभएको छैन भने चिकित्सकको सल्लाह लिनुहोला ।