४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

भोलि काठमाडौं र ललितपुरका यी क्षेत्रहरूमा ८ घन्टाका लागि विद्युत् अवरूद्ध हुने

भोलि काठमाडौं र ललितपुरका यी क्षेत्रहरूमा ८ घन्टाका लागि विद्युत् अवरूद्ध हुने
अ+ अ-

काठमाडौँ । भोलि शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा ८ घन्टा विद्युत् प्रभावित हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेकोले बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म विद्युत प्रभावित हुने जनाएको छ ।

प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर-१ प्यानल तथा दुईमध्ये एक पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको विभिन्न फिडरहरूमा विद्युत सेवा प्रभावित हुनेछ। प्राधिकरणका अनुसार बागमती फिडर अन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती, सानेपा मोड र रेडिएण्ड स्कुल क्षेत्रमा विद्युत प्रभावित हुनेछ।

यस्तै, पुल्चोक फिडर अन्तर्गतका बल्खु, झम्सीखेल, पुल्चोक र ठाडोढुंगा क्षेत्रमा विद्युत प्रभावित हुने बताएको छ।

त्यसैगरी, चमती फिडर अन्तर्गतका ज्ञान तीर्थ मार्ग कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल र बारूदखाना क्षेत्र र कीर्तिपुर फिडर अन्तर्गतका बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय, चोभार, टौदह र ट्यांलाफाँटका केही क्षेत्रमा विद्युत् प्रभावित हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार त्रिपुरेश्वर फिडरअन्तर्गतका टेकूदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती, वर्ल्ड ट्रेड सेन्टर तथा थापाथली स्विचिङ अन्तर्गतका टेकुदेखि त्रिपुरेश्वर चोकसम्म, आशा अस्पताल, वर्ल्ड ट्रेड सेन्टर, रंगशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सेनपा, कुपन्डोल, स्थानीय विकास मन्त्रालय र पुल्चोक क्याम्पसम्म विद्युत् प्रभावित हुने छ।

यस्तै, भैसेपाटी फिडर अन्तर्गत महतो मार्ग, भैँसेपाटी आवास, भैँसेपाटी चोक र एकल डाँडा तथा क्षेत्रपाटी फिडर अन्तर्गतका टेकुदेखि विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क र ढल्कु चोकदेखि क्षेत्रपाटीसम्म विद्युत् अवरूद्ध हुनेछ।

ती क्षेत्रहरूमा वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत् आपूर्तिको प्रयास गरिने र निर्धारित समयअघि काम सकिए लाइन सुचारू हुनेछ।