२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कोभिड कहरमा बाल मनोवैज्ञानिक शिक्षामा ध्यान दिन आग्रह

कोभिड कहरमा बाल मनोवैज्ञानिक शिक्षामा ध्यान दिन आग्रह
अ अ+ अ-

कर्णाली । नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुकमा कृषि, पूर्वाधार विकास, आर्थिकलगायतका विभिन्न क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि यतिबेला ठप्प छ । विद्यालय, कलेज र विश्वविद्यालय सम्पूर्ण बन्द छन् । 

बन्दको प्रत्यक्ष मार विद्यालयमा अध्ययनरत बालबालिकादेखि विश्वविद्यालयमा पढ्ने युवा विद्यार्थीहरुमा परिरहेको छ । शहरी क्षेत्रमा अनलाइनका माध्यमबाट शिक्षण क्रियाकलाप भए पनि ग्रामीण दुर्गम भेगमा अध्ययनरत विद्यार्थीका लागि यो संभावना छैन । यसबाट बालबालकिाको पठनपाठन मात्र नभई उनीहरुको मनोविज्ञानमा प्रत्यक्ष असर पर्दै गएको छ ।

कोरोना कहरबाट उब्जेको सङ्कटको बीचमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय कार्य समितिले ‘कोभिड–१९ को प्रभाव र शैक्षिक परामर्श’ विषयक तीन दिवसीय वृहत् राष्ट्रिय प्रवचन भर्चुअल कार्यक्रम शनिबारदेखि सञ्चालन गरेको छ । कार्यक्रमको पहिलो सत्रमा शैक्षिक अभियानकर्मी श्रीमन्त भट्टराईले ‘बाल मनोविज्ञान र व्यावहारिक सिकाइ’का विषयमा आफ्नो प्रस्तुति राख्दै कोरोना कहर घरमै रहेका बालबालिकालाई व्यावहारिक शिक्षा दिने उत्तम अवसर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी डिग्री चाहन्छौँ, सीप चाहान्नौँ । अङ्क चाहान्छौँ तर संस्कार र नैतिकता चाहान्नौँ । हाम्रो शिक्षा व्यावहारिक नहुँदा कृषि प्रधान देशमा कृषिकर्म गर्नु अभिशाप ठानियो जसले युवा जनशक्तिलाई विदेश भासिन बाध्य बनायो ।” 

 पढेरभन्दा गरेर सिकिने ज्ञान व्यावहारिक हुने भन्दै उहाँले यो समयमा घरमै बालबालिकालाई तार जोड्न, खाना पकाउन, भाँडा माझ्न, सरसफाइ गर्न, करेसाबारीमा काम गर्न, वातावरणअनुसारको रोजाइको काम गर्ने अवसर प्रदान गर्न अभिभावक तथा शिक्षकहरुलाई सल्लाह दिनुभयो ।

सूचना र प्रविधिको विकास नहुँदै बालबालिकाका लागि डा मारिया मन्टेश्वरीले शुरु गरेको विधिबमोजिम बाल मनोविज्ञान बुझेर उनीहरुलाई सिक्ने वातावरण तयार गर्न सकेमात्र शिक्षक, अभिभावक र विद्यार्थीको साझा उद्देश्य पूरा हुने उहाँको भनाइ थियो । यद्यपि बालबालिकालाई घर र सामाजिक वातावरणले प्रदान गर्ने संस्कार भने राम्रो हुनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा नेपाल मनोक्रान्तिका द्रष्टा तथा दार्शनिक डा योगी विकासानन्दले कोरोना महामारीको यस सङ्कटपूर्ण अवस्थामा बोक्रे शक्ति र गुदी शक्तिले काम गरेको तर्क गर्नुभयो । “कोरोनाले मर्छ र भ्याक्सिनले बचाउँछ । यो बोक्रे शक्ति हो”, उहाँले भन्नुभयो, “रोग प्रतिरक्षात्मक शक्ति प्रणाली कमजोर हुँदा मान्छे मर्छ, यो गुदी शक्ति हो ।”

उहाँले प्रतिरक्षा प्रणाली बचाउन अश्वगन्धाको प्रयोग, ध्यान, योगा नै कोरोना विरुद्धको ठूलो भ्याक्सिन भएको दावी गर्नुभयो । भात घटाएर ‘ग्रीन’ सलाद खान र भिटामिन ‘डी’ लिन आग्रह गर्दै डा योगीले प्रतिरक्षा प्रणाली बलियो बनाउने पाठ्यक्रम बनाउन सरकारलाई सुझाव दिनुभयो । 
  
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले शिक्षक, अभिभावक र विद्यार्थीसँग करिब सबैपक्ष जोडिने कुरालाई केन्द्रमा राखेर ‘कोभिड–१९ को प्रभाव र शैक्षिक परामर्श’ दिने प्रमुख उद्देश्यले तीन दिवसीय वृहत् राष्ट्रिय प्रवचन कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थी गरी ८११ जनाको सहभागिता रहेको थियो ।