१९ श्रावण २०८३, मंगलवार
,
Latest
अर्थतन्त्रको पुनरुत्थान र लगानी विस्तारका लागि बैंकिङ क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिवद्धः अर्थमन्त्री डा. वाग्ले रासायनिक मल वितरण प्रणालीमा सुधार गर्न र निजी क्षेत्रलाई आयातको अनुमति दिन सांसद भण्डारीको माग पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर चिकित्सा शिक्षा आयोगमा निर्देशक नियुक्ति नहुँदा प्रवेश परीक्षा अन्योलमाः सांसद मल्ल हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग मुलुकलाई कसैको प्लेग्राउण्ड बन्न नदिन पनि एउटा सशक्त गुप्तचर निकाय आवश्यकः अमरेशकुमार सिंह सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ शिष्टाचार भेट हिन्दु सम्राट् सेनाप्रति सांसद राईको आपत्ति, सरकारलाई कडा कदम चाल्न आग्रह विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौद्रिक नीतिमा सामञ्जस्यता कायम गर्न राष्ट्र बैंकलाई अर्थ समितिको निर्देशन



अ+ अ-

काठमाडौँ । संसदीय समितिले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सामञ्जस्यता कायम गरी बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य कायम हुनेगरी मौद्रिक नीति जारी गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

बिहीवार बसेको प्रतिनिधि सभा अन्तरर्गतको अर्थ समितिको बैठकले नेपाल राष्ट्र बैंकलाई यस्तो निर्देशन दिएको हो । बैठकमा समितिका ज्येष्ठ सदस्य सभापति सन्तोष चालिसेले चालु आर्थिक वर्षको बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल हुनेगरी मौद्रिक नीति जारी गर्ने निर्देशन दिएको बताउनु भयो।

उहाँले बजेटले लक्ष्य लिएको आर्थिक वृद्धि गर्न आवश्यक पर्ने लगानी र आर्थिक गतिविधि चलायमान हुने गरी मौद्रिक नीति जारी गर्नुपर्ने समितिले निर्णय गरेको बताउनु भयो। उहाँले आन्तरिक उत्पादन वृद्धि र रोजगारीलाई प्रोत्साहन गर्ने र अर्थतन्त्र चलायमान बनाउने नीतिहरु अवलम्वन गर्न, बैंकहरुले प्रवाह गर्ने कर्जाको सुपरिवेक्षण गर्ने संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्न निर्देशन दिएको बताउनु भयो।

उहाँले भन्नुभयो,‘मौद्रिक नीतिमा सापेक्षता कायम गर्न मौद्रिक नीतिमा सामञ्जस्यता कायम गरी मुद्रास्फिर्तीलाई वार्षिक बिन्दु २०८०/८१ को बजेट लिएको लक्ष्यभित्र सिमित गरी बजेटले लक्ष्य लिएको आर्थिक वृद्धि हासिल गर्न आवश्यक पर्ने लगानी र आर्थिक गतिविधि चलायमान हुनेगरी मौद्रिक नीति जारी गर्न, आन्तरिक उत्पादन वृद्धि र रोजगारीलाई प्रोत्साहन गर्ने र अर्थतन्त्र चलायमान बनाउने नीतिहरु अवलम्वन गर्न,बैंकहरुले प्रवाह गर्ने कर्जाको सुपरीवेक्षण गर्ने संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्न,सहकारी क्षेत्रमा देखिएको विकृति र कारोबार गर्ने सहकारीको नियमन नेपाल राष्ट्र बैंक मार्फत गराउन उचित आवश्यक र समन्वयको विषयमा राष्ट्र बैंकले अध्ययन गरी राष्ट्र बैंकले आफ्नो धारणा समितिलाई लिखित रुपमा उपलब्ध गराउन निर्देशन दिन्छौं ।’

उहाँले अनुचित कारोबार गर्ने सहकारीको नियमन नेपाल राष्ट्र बैंकमार्फत गर्नेगरी आवश्यक र समन्वयको विषयमा राष्ट्र बैंकले अध्ययन गरी राष्ट्र बैंकले आफ्नो धारणा समितिलाई लिखित रुपमा उपलब्ध गराउन निर्देशन दिएको बताउनु भयो।

 




भर्खरै