२६ मंसिर २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’ नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्तिपुर टेलिभिजनले बन्द गर्‍यो सन्दीप क्षेत्रीको ‘ह्वाट् द फ्लप’ शो



अ+ अ-

काठमाडौँ । बलात्कार अभियोगमा सफाइ पाएका कलाकार पल शाहसँगको अन्तर्वार्तालाई लिएर विवादमा परेको टेलिभिजन शो ‘ह्वाट् द फ्लप’ को प्रशारण बन्द गरिएको छ ।

महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णत: रोकिएको कान्तिपुर टेलिभिजनले जनाएको छ ।

गत असार २३ गते कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीले पललाई बोलाएर अन्तर्वार्ता लिएपछि कार्यक्रम विवादमा परेको थियो। कार्यक्रममा शाहले जेल अनुभव सुनाउँदा यौनजन्य हिंसापीडितहरूको भावनामा ठेस पुगेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। त्यसपछि उक्त अन्तर्वार्तालाई युट्युबबाट समेत हटाएको थियो।

बिहीबार कान्तिपुर टेलिभिजनले उक्त शोको प्रसारण पूर्णत: रोकिएको जनाउदै भनेको छ, ‘गत असार २३, शनिबार प्रसारित ‘ह्वाट द फ्लप’ मा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीतिविपरीत रहेकाले उक्त भिडियो हामीले युट्युबबाट हटाइसकेका छौं ।

महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णत: रोकिएको जानकारी गराउँछौं । चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने विश्वास दिलाउँछौं ।’