१० श्रावण २०८३, आईतवार
,
Latest
खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ डलर साटिदिने भन्दै ठगी गर्ने चार जना पक्राउ एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै भदौ अन्तिम सातादेखि आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टी नेपालको…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापतिज्यू, म गुटको सिकार भएँ– कांग्रेसका केन्द्रीय सदस्य शाह



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिवविक्रम शाहले आफू गुटको सिकार भएको गुनासो गरेका छन्।

बिहीबारको केन्द्रीय समितिमा धारणा राख्ने क्रममा उनले पार्टी पदाधिकारीहरू नै गुट बनाउने गरेको र त्यसको प्रत्यक्ष सिकार जनता र कार्यकर्ता सँगसँगै आफूसमेत भएको गुनासो पोखे।

‘पदाधिकारी नै गुट बनाउँछन्, यसको सिकार हामीजस्ता परिरहेका छौं। सभापतिज्यू, म प्रत्यक्ष सिकार भएँ । घरभित्र देखिएका विवाद त्यहीँ मिलाउन हामी सफल भयौं। जाजरकोटमा जस्तै अन्यत्र पनि यस्तै भइरहेको भए गुटको सिकास हुनुपर्थ्यो?,’ उनले थपे, ‘हामीले कस्तो लोकतान्त्रिक चरित्र देखाएका छौं? संसदीय दल नेता लड्छु भन्दा मैले नेताहरूबाट कस्तो व्यवहार पाएँ? कहिलेसम्म गुटको सिकार हुने? जिम्मेवार नेताको व्यवहार हामीले कहिलेसम्म सहने?’ ।