काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज (बिहीबार) सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनचाँदीको मूल्यले आज हालसम्मकै उच्च मूल्यसहित नयाँ रेकर्ड बनाएको हो।
गत जेठ १९मा सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। उक्त रेकर्ड तोड्दै आज सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ पुगेको छ।
आज छापावाल सुन प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख १३ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार उक्त सुन तितोला एक लाख १३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुन प्रतितोला एक लाख १२ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड राख्न सफल भएको छ। बुधबार प्रतितोला १ हजार ४ सय ९० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको चाँदीले आज नयाँ रेकर्ड बनाएको हो ।
आज चाँदी प्रतितोला ५ रुपैँयाले बढेर १ हजार ४ सय ९५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।