३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक: आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने



कांग्रेस केन्द्रीय समिति बैठक । फाईल फोटो
अ+ अ-

काठमाडौँ । मंगलबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बैठक सुरु हुने बताइएको छ ।

बैठकमा हिजो बुधबारबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको थियो। हिजो आमन्त्रित जिल्ला सभापतिसहित झन्डै चार दर्जन केन्द्रीय नेताहरूले आफ्नो धारणा राखेका थिए ।

हिजोको बैठकमा ४६ जना केन्द्रीय नेताहरूले धारणा राखेको कांग्रेसले जनाएको छ । आज पनि नेताहरूले धारणा राख्ने क्रम जारी रहने बताइएको छ ।