२३ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खनाल नेपाल पक्षका बिद्यार्थी नेताबाट आयोगमा नयाँ दल दर्ता



अ+ अ-

काठमाडौ । नयाँ दल गठनको गहृकार्यमा रहनु भएका झलनाथ खनाल–माधव नेपाल समूहका विद्यार्थी नेता जीवन राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनु भएको छ ।

यस अघि नयाँ दलका लागि खनाल नेपाल समूहमा छलफल भएको नेकपा एकिकृत र निर्बाचन चिन्ह  कलम माग गर्दै राई सहितका बिद्यार्थी नेताले दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् ।

कलम चिन्ह हालै राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाल पक्षका उम्मेदबार डा.खीमलाल देवकोटाले लिनुभएको थियो । संखुवासभा जिल्लाका राई नबिना लामा अनेरास्ववियुको अध्यक्ष जित्दा उनको विपक्षी प्यानलबाट उपाध्यक्षमा पराजीत हुनुभएको थियो ।

पार्टीको उपाध्यक्ष कास्कीकी कल्पना गुरूङ र महासचिवमा काभ्रेका विनोद कुमार खुलाल सचिवमा ऐन विक्रम कुँवर र कोषाध्यक्षमा सुशिल खनाललाई राखिएको छ ।