२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

कांग्रेसलाई प्रधानमन्त्रीको प्रश्न : ‘कसले गरेको चुनावमा भाग लिने ?’

कांग्रेसलाई प्रधानमन्त्रीको प्रश्न : ‘कसले गरेको चुनावमा भाग लिने ?’
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई कसले गरेको चुनावमा भाग लिने भन्द्रै प्रतिप्रश्न गरेका छन् । आइतवार वालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले ओलीको नेतृत्वमा चुनावमा जाँदैनौ भन्ने कांग्रेस नेताहरूको भनाइ सुन्दा आफूलाई आश्चर्य लागेको उनले बताएका हुन् । 
 
ओलीले आफ्नो सरकारको नेतृत्वमा मात्र चुनाव गर्नुपर्छ भन्ने ढिपी छाड्न समेत कांग्रेसलाई सुझाव दिएका हुन्। आफूलाई प्रजातन्त्रवादी भन्ने पार्टी प्रचण्डपथ अंगीकार गरेर कुदेजस्तो देखिएको उनले बताएका हुन् । 

‘आफूलाई प्रजातान्त्रिक शक्ति भन्ने कांग्रेसका सचेतक (पुष्पा भुसाल)ले बोलेको हिजो सञ्चार माध्यममा हेरें । केपी ओलीले गराएको चुनावमा भाग लिँदैन भन्नुभयो, उहाँले । फलानाले गरेको चुनाव भाग नलिने ? कसले गरेको चुनावमा भाग लिनुपर्ने ? भाग लिन नेपाली काँग्रेसले टिको लगएको सरकार चाहिने हो ?’ ओलीले प्रश्न गरे, ‘अहिलेको प्रधानमन्त्री सबैभन्दा बढी पपुलर भोट भएको पार्टी, दुईवटा पार्टी मिलाउँदा पनि एक्लै ठूलो पार्टीको नेतृत्वमा चुनावमा नजाने ? कुन डेमोक्रेसीको परिभाषा, कुल लोकतान्त्रिक अभ्यास र आचरणमा पर्छ ? मलाई नेपाली कांग्रेसको बोली सुनेर आश्चर्य लागेको छ । आफ्नै नेतृत्वमा चुनाव हुन्छ भनेको के हो ?’
 
ओलीले एमालेका केही तत्वलाई उकासेर, केही सही गराएर र केही किर्ते सही गराएर राष्ट्रपतिकोमा हस्ताक्षर बुझाइएको आरोप लगाए ।