४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौंमा सवारी साधन पार्किङ शुल्क निर्धारण, प्रतिघण्टा दुई पाङग्रेको २५ र चार पाङग्रेको ७५ रुपैयाँ

काठमाडौंमा सवारी साधन पार्किङ शुल्क निर्धारण, प्रतिघण्टा दुई पाङग्रेको २५ र चार पाङग्रेको ७५ रुपैयाँ
अ+ अ-

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ । महानगरपालिकाका उपमेयर सुनिता डंगोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिनु भएको हो । सोमबार अपरान्ह न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उहाँले आम सेवाग्राहीको गुनासो सुनुवाई गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन सो शुल्क निर्धारण गर्नु परेकोस्पष्ट पार्नु भयो ।

जस अनुसार काठमाडौं महानगरपालिका भित्र २ पाङग्रे सवारी साधनले आधा घण्टाको पार्किङ शुल्क भने १५ रुपैयाँ मात्रै तिर्नुपर्ने हुन्छ । एक घण्टाको २५ रुपैयाँ र एक घण्टा भन्दा बढि थप हुँदै गयो भने हरेक १५ मिनेटमा ५/५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको पनि उपमेयर डंगोलले बताउनु भयो । उहाँका अनुसार ४ पाङग्रे सवारी साधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ । एक घण्टाका लागि ७५ रुपैयाँ तिनुपर्नेछ । त्यो भन्दा बढि समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ । उपमेयर डंगोलले भन्नु भयो, ‘धेरैको गुनासो, आम नागरिकको गुनासो पार्किङ शुल्क कतै कति, कतै कति ।

कतै ४ सय भने भने कतै २० रुपैयाँ, कतै २५ रुपैयाँ । कतै ५ सय छ । फरक, फरक भयो । यो हुँदाखेरी चाँही सेवाग्राही पनि अन्यौलमा । र, सँगसँगै सेवा दिनु हुनेहरुलाई पनि कसरी रेट तोक्ने भन्ने खालको अन्यौल । त्यसकारण महानगरपालिकाले शुल्क पनि तोकेको छ । जसले पार्किङ गर्नु हुन्छ । जसले गर्दा हरेक ठाउँमा एकरुपता आओस् । पार्किङ शुल्कमा एकरुपता आओस् भन्ने उद्देश्यका साथमा तोकेको छ ।

२ पांग्रे सवारी साधनको लागि आधा घण्टा मात्र पार्किङ गर्नु हुन्छ भने १५ रुपैयाँ र सँगसँग एक घण्टा हो भने २५ रुपैयाँ । र, एकघण्टा भन्दा बढि थप हुँदै गयो भने हरेक १५ मिनेटको ५/५ रुपैयाँको दरले हामीले शुल्क पनि तोकेका छौं । त्यसैगरी चार पाङग्रे गाडीको लागि चाँही आधा घण्टाको लागि ४० रुपैयाँ एक घण्टासम्म पार्किङ गर्नु भयो भने ७५ रुपैयाँ । त्यसपछि पनि थप हुँदै गयो भने हरेक १५ मिनेटको १५ रुपैयाँ थप हुँदै जाने भनेर हामीले शुल्क तय गरेका छौं ।’

त्यसैगरी महानगरपालिकाले आफ्नो मातहत भित्रका सामूदायिक विद्यालयका शिक्षकहरुलाई मासिक रुपमै तलव उपलब्ध गराउने व्यवस्था पनि गरेको छ । स्रोत भर्ना कोषमार्फत् आफूहरुले सामूदायिक विद्यालयका शिक्षकहरुलाई मासिक रुपमा नै तलव खुवाउने व्यवस्था गरेको उपमेयर डंगोलले बताउनु भयो । सामूदायिक विद्यालयका शिक्षकहरुले त्रैमासिक रुपमा तलव पाउने व्यवस्था संघीय सरकारले गरेको छ । तर काठमाडौं महानगरपालिकाले भनेस्रोत भर्ना कोषमार्फत् उनीहरुलाई मासिक रुपमै तलव लिने व्यवस्था गरेको हो ।

उपमेयर डंगोलले भन्नु भयो, यो वर्ष भित्रबाट काठमाडौं महानगरपालिका भित्रका सामूदायिक विद्यालयका शिक्षकहरुले पनि मासिक रुपमै तलव पाउने व्यवस्था हामीले गरेका छौं । यो चाँही त्रैमासिक रुपमा केन्द्रिय सरकारबाट आउने बजेट यस पटक देखि भने हामीले स्रोत भर्ना कोष राखेका छौं । यो मार्फतबाट चाँही हरेक महिना महानगरपालिका भित्रका सामूदायिक विद्यालयका शिक्षकहरुले भने तलव मासिक रुपमा नै पाउने व्यवस्था हामीले गरेका छौं ।’

काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा कोठा र पसलको सटर बन्द गराई भाडा असुल गरिदिनका लागि उजुरी दिनेको संख्या ह्वात्तै बढेको छ । पछिल्ला दिनहरुमा आर्थिक मन्दीका कारण पनि सो उजुरी न्यायिक समितिमा करिव दोब्बरले बढेको उपमेयर डंगोलले जानकारी दिनु भयो । १० वटा उजरी मध्ये ८ वटा उजुरी भने कोठा र सटर बन्द गराई भाडा दिलाई पाउँ भन्ने खालको आउने गरेको काठमाडौं महानगरपालिकाले बताएको छ । आर्थिक मन्दीका कारण घरबेटीहरु नै कोठा र सटर बन्द गराई भाडा असुलीका लागि उजुरी दिन लागेको र यो क्रम अझै बढेर जाने काठमाडौं महानगरपालिकाको आकंलन छ ।

उपमेयर डंगोलले भन्नु भयो, ‘न्यायिक समितिको अहिले मुद्धाहरु हेरिरहँदाखेरी अहिले धेरैजसो अहिले पसलहरु बन्द गर्ने र सटर खाली गर्नु प¥यो, कोठा खाली गरिदिनु प¥यो भन्ने खालको विषय बढि आउने गरेका छन । अहिले पर्सेन्टेजकै हिसावले हेर्ने हो भने न्यायिक समितिको इजलासमा १० वटामा ८ वटा चाँही कोठा खाली गराई पाउँ, सटरखाली गराई पाउँ । सहकारी भाग्यो, अव खाली गर्नु प¥यो । मेरो फ्लाटनै खाली गरिदिनु प¥यो । यस्ता खालका विषय बढि आउने गरेको छ । र, यसको संकेत भनेको पक्कै पनि राम्रो हुँदै होइन । अहिले बजारमा धेरै पसलहरु बन्द हुन थालेको संकेत पनि हो । धेरै जनाले यो आर्थिक मन्दीको आभास गरिरहनु भएको छ । अर्थतन्त्र चलायमान नभएको पनि यसले संकेत दिन्छ । यस्ता खालका विषयबस्तु बढि आउन थालेको छ । र, यसको क्रम अझ धेरै बढन थालेको छ । हरेक हप्ता यसको अपडेट लिँदाखेरी त्यो पर्सेन्टेजमा एकदमै बढन थालेको छ । १० वटा पसल आउँथ्यो भने भने २० वटा, २५ वटाको दरले आउन थालेको छ । कोठा भाडा दिलाउ पाउने, कोठा खाली गर्न लगाउने छ ।’

उपमेयर डंगोलले न्यायिक समितिमा भाडा तिर्न नसकेर सहकारीलगायतका संस्थाहरु भागेको उजुरी पनि आउने गरेको बताउनु भयो ।