१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

कहाँ गयो हाम्रो तिउरी ? कहाँ गयो लुतो फाल्ने चलन? कसले ल्यायो बोलबम‍ ?

कहाँ गयो हाम्रो तिउरी ? कहाँ गयो लुतो फाल्ने चलन? कसले ल्यायो बोलबम‍ ?
अ अ+ अ-

साउन संक्रान्तिको बिहानै देखी गाँउघरका केटाकेटीहरु भलायोको पात (कागभलायो), कुकुरडाइनु, लुतेझार, पानीसरो, देवीसरो, रातपाते, तिउरी, सिस्नो, सिउँडी,पानीअमला आदी खोज्न वन दौडन्थे ।

साँझ भएपछि भण्डारक राक्षसलाई भगाउन बलिरहेको अगुल्टो चारैतिर फेक्ने गरिन्थ्यो । भण्डारक राक्षसले केटाकेटीलाई दुख दिने भएको हुँदा भण्डारकलाई लुतो लैजा लुतो लैजा भन्दै भाका लगाउने गरिन्छ । लुतो फ्याक्दा नाङ्लो ठटाउने। शंख फुक्ने तथा घण्ट बजाउने पनि गरिन्छ ।

वास्तवमा लुतो फाल्ने चलनको शुरुवात हुनुको कारण भने असारे रोपाइमा खेतमा लडिबुडि खेलेपछि छालामा लाग्ने रोग निर्मुल पार्न जडिबुटी युक्त घाँस जलाएर त्यसको राप ताप्नु हो । जसले गर्दा छालामा लागेका लुतो तथा घाउखटिरा निको हुने बिश्वास गर्दथ्यो । तर अचेल समय बदलिसकेको छ । छाला चिलाए वा घाउखटिरा आएमा डाक्टरले बिभिन्न मलम दिइहाल्छन । तसर्थ लुतो फाल्ने दिनको महत्व घट्दै गएको छ ।

किन हामी मेहन्दी र हरियो चुराको भारतीय संस्कारलाई पछ्याउदैछौ । कहाँ गयो हाम्रो तिउरी ? कहाँ गयो लुतो फाल्ने चलन?

कसले ल्यायो बोलबम‍ ?

२०५० सालमा पहिलो पटक मधेशीमुलका चार युवा सुन्दरीजलबाट शुद्ध जल लिन काँवरियाको रुपमा पुगेका थिए  । २०५१ मा अन्य केही युवाको साथ फेरी गए ।  यहि नै काठमाडौंमा पहिलो पटक बोलबमको शुरुवात भएको साल हो । यसको लगत्तै माओवादीको उत्कर्षताले केही वर्ष बोलबम रोकियो । ५५/५६ पछि बिस्तारै यसले ब्यापकता पायो ।तर मधेशमा भने व्यापकता नपाएपनि बोलबमको सामान्य प्रचलन रहेको थियो ।

युवायुवतीको जमात बोलबमको नारा लगाउँदै साउन महिनाको हरेक सोमवार शिवको मन्दिर तर्फ पुग्ने गर्दछन् । नेपालीहरुको जमात केही शान्त देखिए पनि मधेशीमूलको जमातको चर्को संगीत कुनै भजन होइन, बिहारको गाउँमा लाग्ने मुजराका चर्का संगीत जस्तो लाग्छ । कता कता धार्मिक उत्सव भन्दा कुनै गाउँमा आर्केष्ट्रा लागिरहेको जस्तो लाग्छ ।

अचेल नेपाल भित्रका कतिपय शिब मन्दिर समितिहरुको ब्यापार गर्ने थलो झै भएको छ यो बोलबम यात्रा । खैर धर्म प्रति सबैको बराबर हक छ । धर्म गर्न पाउने अधिकार पनि छ । तर बोलबमका नाममा चर्का संगीत बजाएर बजार अरुको अधिकारहरु हनन गर्नु पनि शायद धर्म होइन होला । उहिले काँवरियाका रुपमा बाबाधाममा जानेहरु शान्त रुपले जाने गर्दथे ।

खै तिउरी ? यहाँ त केवल मेहन्दी मात्रै देखिन्छ ।

साउन सक्रान्तीको केही दिन अगाडि देखी केटाकेटी तथा महिलाहरु बजारमा मेहन्दी बेचिरहेको देखिन थाल्छ । सक्रान्तीको अघिल्लो दिन मधेशमूलका महिला तथा पुरुषहरु मेहन्दी लगाइदिन लामबद्ध बसिरहेका हुन्छन् । साथै हरियो चुराहरुको पनि बजार लागेको हुन्छ ।

नेपालमा साउन महिनाका लागि मात्रै चुरा पोते मेहन्दीको आयात वार्षिक २ अरव भन्दा बढिको हुने गर्दछ । हामीले बाल्यकालमा बटुल्ने तिउरी अचेलका युवायुवतीहरुले नामै नसुनेको झै भयो । तिउरी पिसेर हातमा लगाइन्थ्यो । तर अचेल ५०० रुपैया तिरेर मेहन्दी लगाउछन् ।

त्यो बाल्यकालको तिउरीको लेप नै मेहन्दी हुन्थ्यो । तिउरीको पातमा मकरकाँची बारीको गाभा र पाए परेवाको बिष्टा पनि मिसाएर पिसिन्थ्यो र हातभरी दलिन्थ्यो । अहिले झै चित्रकारिता चाहिँदैनथ्यो ।

साउनमा ब्रत किन ?

गत मंगलवार असार १९ गतेबाट चन्द्रमासका अनुसार साउन महिना शुरु भएको थियो । जस अनुसार साउन २५ गते चन्द्रमास अनुसारको पहिलो सोमवार परेको थियो । कतिपयले साउन २५ गतेबाट नै साउनको सोमवारे ब्रत बसेका थिए । सूर्यमास अनुसार साउन १ गते पहिलो सोमवार परेको छ ।

यस वर्ष साउन महिनामा अधिक मास परेको हुँदा यस वर्ष चन्द्रमासका अनुसार आठवटा सोमवार परेको छ । साथै साउन १ गते सोमवारे औंसी पनि परेको छ । जसले गर्दा साउन १ गतेको सोमवारे औसीको ब्रत अझ बिशेष मानिने गर्दछ । आठ सोमवार परेको भए तापनि हिन्दू शास्त्र अनुसार मसमासको समय शुभ कार्य गर्न वर्जित गरिएको हुँदा मलमासमा रहेको सोमवार ब्रत वा शिवजीलाई जलअर्पण गरेर कुनै धर्म हुँदैन भन्ने मान्यताले असार २५, साउन १, भदौ ४ र भदौ ११ गतेको सोमवार मात्र उपयुक्त हुन्छ । तर हामी कहाँ सूर्य मासको प्रयोग अत्यधिक हुने हुँदा यहाँ कतिपयका लागि साउन महिना भरका सोमवार नै ब्रत बस्ने प्रचलन छ । शास्त्र अनुसार हेर्ने हो भने साउन १ गते बाहेकका सूर्यमासका सोमवारमा ब्रत बसेर कुनै फल प्राप्त हुदैन ।

आखिर साउन महिनालाई किन यति महत्व राखियो शिवजीका लागि

साउन महिनाको महत्व हिन्दू आख्यानहरुका अनुसार समुन्द्रमन्थन गर्दा कालकुट विष निस्कियो र त्यो कालकूट बिष शिवजीले सेवन गरेर देवता र राक्षस गणको रक्षा गरेका थिए । तर कालकूट बिष सेवन गर्दा शिवजीको गलामा पुगेपछि पार्वतीले सो बिष घाँटी भन्दा तल जानबाट रोकेका थिए । जसले गर्दा घाँटी निलो हुन थाल्यो, बिषको असरले शिवजीलाई जलन हुन थाल्यो । मृत्युबाट त जोगाए पार्वतीले तर शिवजीलाई जलन असह्य हुँदै गयो । यो देखेर पार्वतीले शिवजीलाई जलसेचन गरेर जलन शान्त गराएका थिए ।

पार्वतीले जल चढाए पछि अन्य देवतागणले पनि शिवजीलाई जल चढाएर बिषको असरले भएको जलन शान्त गराए । यसरी शिवजीलाई साउन महिनामा जल अभिषेक गर्ने परम्पराको शुरुवात भएको भन्ने मान्यता छ ।

शिवजीले कालकूट बिष पिएर अरुको त जीवन बचाए तर आफ्नो शरिरमा असह्य जलन हुँदै गयो । मृत्यु र जीवनको दोसाँधमा रहेका शिवजीका जीवन रक्षाका लागि पार्वतीले यहि साउन महिनाको पहिलोबाट सोमवारे ब्रत बसे । यसरी कालकूट बिषका असरबाट शिवजीको जीवन रक्षाका लागि पार्वतीले ब्रतारम्भ गरेको साउको सोमवारे ब्रत बिस्तारै सबैले बस्न थालेको भन्ने मान्यता रहेको छ ।

पार्वतीले शिवजीको प्राण रक्षाका लागि ब्रत बस्दा कुनै बिशेष पहिरन वा हात भरि चुरा लगाएको भन्ने भेटिदैन । तर धेरै पछि महिलाहरू साउन महिना हरियालीको महिना भएको हुँदा हरियो कपडा र हरियो सारीलाई महत्व दिन थालेको देखिन्छ ।