२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको मन्दिरलाई छ लाख डलरको प्रतिबद्धता



अ+ अ-

टेक्सस (अमेरिका) । टेक्ससको युलेस सिटीमा निर्माण भएको पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तूपको बाँकी चरणका काम पूरा गर्न दाताहरूले छ लाख डलरको प्रतिबद्धता गरेका छन् ।

शनिबार साँझ आयोजना गरिएको कार्यक्रममा ड्यालस फोर्टवर्थमा बस्ने र स्टेट बाहिरका नेपालीमूलका ५१ परिवारले उक्त रकमको प्रतिबद्धता गरेका हुन् ।

फोर्टवर्थका शैलेन्द्र मानन्धर र विकल ढकालको परिवारले एक÷एक लाख डलर दिने प्रतिबद्धता गरेका छन् । एक लाख डलर सहयोग गर्नेलाई मन्दिरले ‘वाल अफ अनर’ ले सम्मान गर्ने चलन छ ।

युलेसको जग्गामा अहिले पशुपतिनाथ मन्दिर तथा बुद्ध स्तुप निर्माणको पहिलो चरणको काम सम्पन्न भएको छ । पहिलो चरणअन्तरगत सामुदायिक भवन र मन्दिरको अस्थायी संरचना निर्माण भएको छ ।

दोस्रो चरणमा पशुपतिनाथकै आकारप्रकारको मन्दिर र बौद्ध स्तुपको निर्माण हुनेछ । यो योजना निर्माणको चरणमा प्रवेश भएको छ । पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपका लागि ४० लाख डलर बजेट लाग्ने अनुमान गरिएको छ ।

कार्यक्रममा मन्दिरको विगत, वर्तमान र भविष्यका योजनाका बारेमा संस्थापक डा मुरली अधिकारी तथा हालका बोर्ड अफ ट्रष्टी उपाध्यक्ष डा प्रेम अधिकारीले प्रकाश पार्नुभएको थियो ।रासस