२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयलाई दलिय हस्तक्षेपबाट मुक्त गर्नुपर्छः महामन्त्री थापा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विश्वविद्यालयलाई दलिय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले विश्वविद्यालयलाई दलिय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताउनुभएको हो । उहाँले सरकारले विश्वविद्यालय ऐन छिटोभन्दा छिटो ल्याउनुपर्ने बताउनु भयो । विश्वविद्यालय ऐन ल्याउन ढिलो गरेर सरकारले यसको महत्वलाई बुझ्न नसकेको बताउनु भयो । विश्वविद्यालयको विधेयकहरु ल्याउँदा कार्यपालिकाले कहीँ कतैपनि हस्तक्षेप गर्न नसक्ने गरी ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले पनि विश्वविद्यालयको ऐन ल्याइएको छैन । यो अर्थ मन्त्रालय तिर घुमिरहेको छ । सरकारले यसको महत्वलाई बुझ्न सकेन । सरकारको विश्वविद्यालय शिक्षालाई समग्रतामा हेर्ने एउटा अवसर हो । प्रदेशको सरकारलाई मागदर्शन गर्ने अवसर पनि हो । उच्च शिक्षालाई अनुसन्धानतिर कसरी लिएर जाने, पठन पाठन कसरी बदल्ने ? कतिओटा विश्वविद्यालय चाहिन्छ ? यि सबैको बारेमा हेर्ने एउटा मौका हो । विश्वविद्यालयलाई दलिय हस्तक्षेपबाट मुक्त गर्नको निम्ति विश्वविद्यालयका प्राध्यापक, कर्मचारी लगायतकालाई दलिय सदस्यता लिन नपाउने व्यवस्था जुन अहिले छ, हामी गम्भिरतापूर्वक ति कुराहरुलाई अक्षरशः पालना गर्छौं । कतिपय भएका कमजोरीहरुलाई सच्याउँछौ पनि ।

विश्वविद्यालयको विधेयकहरु ल्याउँदै गर्दा कार्यपालिकाले कहीँ कतैपनि, कुनैपनि बाटोबाट हस्तक्षेप गर्न नसक्ने गरीकन बदल्नुपर्छ । यही आलोकमा अहिले आएको ऐनलाई हेर्नुपर्छ । नविन प्राज्ञिक मान्यता र दृष्टिकोणका साथमा यो आएको छ । जो समाजका व्यक्ति र व्यक्तित्वहरु यो नेपाल विश्वविद्यालय बनाउने पछाडी लाग्नुभएको छ उहाँहरु नेपाली समाजका प्रतिष्ठित नागरिक हुनुहुन्छ । पवित्र सोचका साथमा यो अवधारणा लिएर आउनुभयो । एउटा स्वायत्त, सार्वजनिक संस्थाको रुपमा यसलाई विकास गर्ने उहाँहरुले अठोट गर्नुभएको छ ।’

उहाँले नेपाल विश्वविद्यालयलाई पुराना विश्वविद्यालयहरुमा जस्तै दलिय भागबन्डा हुन दिनु नहुने बताउनु भयो ।