• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

बिना वरियताकी मार्केटा एन्ड्रोसोभाले जितिन् विम्बल्डनको उपाधि



यस वर्षको विम्बल्डन ग्रान्डस्लाम प्रतियोगिता अन्तर्गत महिला एकल तर्फको उपाधि चेकोस्लोभाकियाकी टेनिस स्टार मार्केटा एन्ड्रोसोभाले जितेकी छन् ।

शनिबार भएको यस खेलमा बिना वरियताकी २४ वर्षीया मार्केटाले उपाधि जित्ने प्रबल दाबेदार मानिएकी ओन्स जाबेरलाई सोझो सेटमा पराजित गरिन् । मार्केटाले प्रतियोगिता ६–४, ६–४ ले जितेर जाबेरलाई निराश पारिन् ।

विम्बल्डन फाइनलमा पराजित भएसँगै निराश मुद्रामा ओन्स जाबेर ।

छैटौं वरियताकी २८ वर्षीया जाबेर तीन पटक ग्रान्डस्लाम प्रतियोगिताहरुमा फाइनलमा पुगेर पनि पराजित भएकी छन् । ग्रान्डस्लाम जित्ने सपना बुनेर आएकी उनी विम्बल्डनको घाँसे कोर्टमा पराजित भएसँगै कोर्टमै रोएकी थिइन् ।

मार्केटाले यसअघि सन् २०१९ मा फ्रेन्च ओपनको फाइनलसम्मको यात्रा तय गरेकी थिइन् तर फाइनलमा उनी अस्ट्रेलियाकी आश्ले बार्टीसँग पराजित भएकी थिइन् । तर त्यसपछि उनी पटक पटक घाइते हुँदै खेल जीवनलाई नियमित रुपमा अघि बढाउन सकेकी थिइनन् । गत सिजनमा उनी विम्बल्डन खेल हेर्न आएकी थिइन् ।