२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी इमर्जिङ कप: ६ विकेट गुमाएसँगै संकटमा नेपाल



अ+ अ-

काठमाडौँ । एसिसी इमर्जिङ कपमा पाकिस्तान ए विरुद्ध नेपालले ६ विकेट गुमााएको छ । ६ विकेट गुमाएसँगै नेपाल संकटमा परेको छ । कोलोम्बो क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालले छैठौँ विकेटमा पवन सरार्फलाई गुमाएको हो ।

ओपनर कुशल भुर्तेल दोस्रो ओभरको पाँचौं बलमा एक रनमा बोल्ड हुन पुगे । यस्तै अर्का ओपनर आसिफ शेख १२ बलमा ३ चौका प्रहार गर्दै १२ रन बनाएर आउट भए । पाँचौं ओभरको पाँचौं बलमा कप्तान रोहित पौडेल ४ बलमा १ चौकासहित ४ रन बनाएर क्याच आउट भए ।

यस्तै, भीम सार्की शून्यमा बोल्ड आउट हुँदा अर्जुन साउद २० बलमा २ चौका र १ छक्का प्रहार गर्दै १७ रनमा क्याच आउट भए ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, प्रतिश जिसी, गुलशन झा, अर्जुन साउद र पवन सरार्फ ।

ताजा स्थितीमा नेपालले १० ओभरमा ६ विकेट गुमाएर ४१ रन बनाएको छ ।