१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र बजारमा थपिए नयाँ सात कम्पनी



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा बिहीबारदेखि नयाँ सात ब्रोकर कम्पनीले कारोबार सुरु गरेका छन् ।

नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकरलाई लाइसेन्स बाँड्न प्रक्रिया सुरु गरेको नौ महिनापछि थपिएका ब्रोकर कम्पनीमध्ये सात ले कारोबार थालेका हुन् । बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न २०७० असोज २ गतेदेखि ३२ गतेसम्म आवेदन संकलन गरेको थियो । नयाँ लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि ६ महिनाका लागि रोकिएको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सदस्यता पाएका भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटि लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिजिट प्रालि, मियो सेक्युरिजिट प्रालि, शेयरप्रो सेक्युरिजिट प्रालि र प्रोपर्टी बिजार्ड लिमिटेडले अनौपचारिक रुपमा कारोबार सुरु गरेका छन् ।

नेप्सेले भोले गणेशलाई ६१, क्यापिटल म्याक्सलाई ६३, सन सेक्युरिटिजलाई ६४, शेयर प्रो सेक्युरिटिजलाई ६५, मियो सेक्युरिजिटलाई ६६ र प्रोपर्टी बिजार्डलाई ६७ ब्रोकर संकेत नम्बर प्रदान गरेको छ । यी कम्पनीहरुले पहिलो कारोबारमा दिनमा विभिन्न कम्पनीमा २१० कित्ता शेयर रु १ लाख ७ हजार ९७५ मा कारोबार गरेका छन् ।