२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब शाहरुखलाई फ्यानले सोधे – आफ्नो फिल्मको टिकट आफैँ किन्नुहुन्छ ?



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानले बिहीबार ‘आस्क एसआरके’को सोधपुछ समारोह आयोजना गरे । यसक्रममा शाहरुखले एक–एक गरेर थुप्रै प्रश्नको जवाफ दिए ।

फ्यानहरूले शाहरुखलाई उनको व्यक्तिगतदेखि व्यावसायिक जीवनसँग सम्बन्धित धेरै प्रश्नहरू सोधे । यतिबेला शाहरुखको आगामी फिल्म ‘जवान’को निकै चर्चा भइरहेको छ ।

फ्यानका धेरैजसो प्रश्न जवानसँग मात्रै सम्बन्धित थिए । एकजनाले सोधे, जवान कति घण्टाको फिल्म हो । जवाफमा शाहरुखले भने, ‘जति समय छ, त्यति नै हेर्नुहोला ।’ एक ट्विटर प्रयोगकर्ताले अलि अनौठो प्रश्न सोधे ।

उनले शाहरुखलाई सोधे कि तपाई आफ्नो फिल्मको टिकट आफै किन्नु हुन्छ ? यसको जवाफमा शाहरुखले पनि रोचक जवाफ दिए । शाहरुखले भने – आफ्नो कामको तलब आफैं दिनुहुन्छ ?’