११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

मेरो बाबाले चलाएको स्कुल हेर, तिमीले चलाएको देश हेर :आदर्श मिश्रा, कमेडियन (भिडियो सहित)

मेरो बाबाले चलाएको स्कुल हेर, तिमीले चलाएको देश हेर :आदर्श मिश्रा, कमेडियन   (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । आदर्श मिश्राले राष्ट्रिय मेडिकल कलेज र नारायणी अस्पतालले उनको बुबालाई मारेको आरोप लगाएको छ । उनले सामाजिक संजाल ट्वीटरमा लेखे, "राष्ट्रिय मेडिकल कलेज र नारायणी अस्पतालले मेरो बुवालाई मारे । मिस्टर मिश्रा म तपाईलाई वचन दिन्छु कि उनीहरूले यो जरिवाना तिर्नु पर्छ ।"

आदर्श मिश्राले यूटुबमा राखेको भिडियो बाट  उनकै शब्दमा

बाबा हुनुहुन्न अब । मेरो बाबाको अवस्था यस्तो हुनुको पूरै जिम्मेवार म नेशनल मेडिकल कलेज (एनएमसी ) र नारायणी सरकारी अस्पताललाई मान्छु । किनभने, बाबाको दुई हप्ताअगाडि डायलासिसका लागि लग्दाखेरी एसपीओटू ९० छ, तपाईंको डायलासिस यहाँ हुँदैन भनेर हामीलाई एनएमसीबाट निकालिदिएको हो । चार वर्ष मेरो बाबाले एनएसमीमा डायलासिस गराउनुभएको हो । ३ हजार ५ सय प्रतिडायलासिस सरकारबाट तिनीहरूले उठाएका हुन् । कमाउने बेलामा तिमीहरूले कमाउने १ बिरामीलाई गाह्रो भएका बेला धपाइदिने १

त्यहाँ चाहिँ मेसिनहरू, डाइलुजरहरू केही पनि राम्रो छैन । एनएसमीको डायलासिस मेसिनको कन्ट्रयाक्ट ओभरअल कुराहरूको कन्ट्रयाक्ट नेफ्रो प्लसले लिएको छ । जुन भारतीय कम्पनी हो । भारतको एक नागरिक, जो नेपालमा कार्यरत छ, त्यसले निर्णय गर्न पाउँदैन कि, डायलासिस कसको हुन्छ, कसको हुँदैन १ को बाँच्छ, को बाँच्दैन १ यहाँ आएर कार्यरत भारतको मानिसले डिसाइड गर्न पाउँदैन । भारतको मानिसले यहाँ आएर तलब खाने हो । नेपालको बिरामीलाई हप्काउने होइन । हाम्रो लाइफ त्यसको हातमा छैन । नेफ्रो प्लसबाट यिनीहरूले कमिसन खाएर एउटा डायलासिसमा, एउटा डाइलुजरले १२ वटासम्म डायलासिस गरेको छ, मेरो बाबाको । ८–९ वटा त न्यूनतम छ । मसँग सबै सूची छ । गत वर्ष नारायणीमा कोभिड वार्ड बनाउँदा त्यहाँ बिरामी एनएमसीमा सिफ्ट गरेको थियो । एक महिनाभित्र पाँचजना बिरामी मरेका थिए, डायलुजर मेसिन नफेरेर ।

नेफ्रो प्लसले पैसा बचाउन लास्टै नै धाँधली गरिरहेको छ त्यहाँ । एनएसमी हस्पिटललाई केन्द्रबाट आदेश आएको थियो, २० प्रतिशत शय्या कोभिड संक्रमितलाई छुट्याइदिनू भनेर । एनएमसीले म केन्द्रको आदेश मान्दिन भनेर भन्यो । किन भन्यो रु एनएमसीको फाउन्डर बसरुद्दिन अन्सारी हो । बसरुद्दिन अन्सारी लास्टै नै पावरफुल मानिस हो । गुण्डागर्दी लास्टै नै धेरै चल्छ । उहाँलाई केरमेट गर्ने, चेकजाँच गर्ने कोही पनि छैन । बसरुद्दिन अन्सारी यति पावरफुल मानिस हो कि, गत वर्ष केपी ओली ९प्रधानमन्त्री०को मिर्गौला प्रत्यारोपणमा जति पनि खर्च भएको हो । बसरुद्दिनले नै तिरेको हो । व्यक्तिगत तिरेको हो । प्रेस विज्ञप्ति निकालेर त्यो कुरा घोषणा गरेको हो । ऊ त्यति पावरफुल हो ।

ब्नबलष् न्चयगउ

कलेजमा शुल्क बढी भयो, शुल्क बढायो, सुविधा छैन, भनेर प्रतीक्षा गर्दा कलेज हाताभित्रै गुण्डा बोलाएर पिट्न लगाएको हो । त्यतिसम्मको घटिया अस्पताल हो, एनएमसी अस्पताल, वीरगञ्ज ।

एनएमसीको गुण्डागर्दीले गर्दा मेरो बाबा हुनुहुन्न । यसको कुनै पनि सुनुवाइ छैन । यसको छानबीन हुन्छ रु हुँदैन क्या । मलाई थाहा छ क्या । काठमाडौंबाट आएर जाँचपड्ताल गर्ने कोही पनि छैन, मेडिकल कलेज चलाउन योग्य छस् कि छैनस् भनेर । पैसामात्रै भएर हुन्छ रु पैसामात्रै भएर हुने भए त।। पैसै मात्र त मलाई कमी थिएनन नि १ मेरो घरमा पनि मान्छे हुन्थ्यो । नारायणी अस्पतालले प्रतिशोधको भावना राखिरहेको छ । नारायणी अस्पतालले के गरिरहेको छ भने, यदि नारायणी अस्पतालले आफ्नो बिरामीको डायलासिस आफैँ गर्दैन भने हामी किन गर्ने रु एनएमसीको बिरामीको डायलासिस किन गर्ने त रु किनभने हजुर तपाईंको मेसुले गएर स्वीकार्नु भएको हो, प्रदेश नम्बर दुईको जति पनि बिरामी छन्, ती सबैको डायलासिस म गर्छु नारायणीमा । एउटा मेसिन बिग्रँदा त्यहाँको नर्सले फोन गरेर भाइ दुवै बिग्रियो  भनेर अफवाह फैलाउनेलाई कारबाही हुन्छ कि हुँदैन । भाइ सूचना नै निकालिसक्यो भन्ने रु सूचना आएकै छैन । दुवै बिग्रियो । युरिया २६० छ । ब्रेनमा युरिया पुगिसक्यो भनेपछि चारघण्टा डायलासिस गरिदिनुस् भन्दा, चिकित्सकको अगाडि ४ घण्टा बनाइदिने, चिकित्सक गइसकेपछि तीन घण्टामा झारिदिने । एक घण्टा टाइम घटाएर जीवन पनि घटाइदिनुभएको हो के दिदी १ हजुरलाई छिटो घर पुग्नुथियो होला । कोही मानिस चाहिँ घर पुगेनन् के । घरै पुगेनन् के तपाईंको एक घटा हतारले गर्दा, त्यसका लागि धेरै नै धेरै धन्यवाद १

कबचदयततबm अझभलत
मानिसहरूले धेरै नै भनिरहेका छन्, आदर्शलाई हेरेर बाबाले धेरै नै गर्व ९प्राउड फिल० गर्नुहोला । तर म त्यस्तो हुन सकिनँ । मैले केही पनि गर्न सकिनँ । बचाउन सकिन्थ्यो होला । लकडाउन कारण गलत निर्णय पनि लिए हुँदा । काठमाडौं लानुपर्थ्यो । भरतपुर हस्पिटलमा सर १०५ डिग्री ज्वरो छ । बाबलाई होस छैन सर । एपीओटू ठीक छ भाइ, भाइटस्ल ठीक छ भाइ।। भने । आइसीयूमा राख्दिनुस् न सर भन्दाभन्दै बिहान १० बजे बाबा बित्नुभयो । एसपीओटू मात्रै ठीक भएर कोभिडको उपचार हुने भए त अक्सिमिटर लिएर म नि डक्टर हुन्थेँ । किन, स्ट्याण्डअप कमेडी गरिरहेको हुन्थेँ ।

मानिसहरूले अहिले के भनिरहेका छन् भने, अब आदर्शको बाबा जहाँ हुनुहुन्छ, खुसी हुनुहुन्छ हेरेर कि, उहाँ छोरोका नामले चिनिनु भएको छ । आदर्शको बाबा भनेर चिनिनुभएको छ । तर, त्यस्तो होइन । म टीभीमा आए पनि यो एरियामा मलाई भन्दा बढी मेरो बाबालाई चिन्छन् । विनोद मिश्राकै छोरा हो भनेर चारैतिर चल्छ । कुनै पनि फार्मेसीमा विनोद सरको घरमा लग्नु छ यो औषधि भन्दा पैसा आजसम्म तिर्नुपरेको छैन । त्यतिसम्म विश्वासआर्जन गर्नुभएको थियो । इमान्दार हुनुहुन्थ्यो । हिम्मत छ भने कसैले एउटा टिचर उचालिदेओस् पैसाको कुरामा, जे पनि कुरामा । उहाँ नगौल स्कुलको प्रिन्सिपल हुनुहुन्थ्यो । त्यो भन्दाअगाडि कसैलाई सोध्नुहोस्, यहाँको शौचालय, भौतिक अवस्था कस्तो थियो रु सुविधा कस्तो थियो । मेरो बाबाले मिर्गौला फेल भएर त्यस्तोसम्म गर्नुभएको हो । केपी ओलीले त छाडिदिए हुन्छ नि । मेरो बाबा हप्ताको दुई दिन डायलासिस गर्नु स्कुटीको पछाडि बसेर जानुभएको हो । तर पनि मेरो बाबाले चलाएको स्कुल हेर, तिमीले चलाएको देश हेर । लाज लाग्दैन भने मलाई भने । काम गर्न दिएनन् मलाई भन्छौ रु काम गर्ने मन कहाँ त तिम्रो रु त्यो पर्दैन भन्दै बस्ने, भेडाहरू जम्मा गरेर, जतिखेरै भारतविरुद्ध बोलेर, या।। ब्याकअफ् मोदी भन्ने बित्तिकै एक हुल नेपाली पछाडि लागिहाल्छन्, त्यो सेन्टिमेन्छमा जित्यौ तिमीले चुनाव १ मधेसी नेताहरूभन्दा राम्रो छु म भनेर मात्रै तिमीले जितेका हौ । तर, तिमी राम्रो नेताचाहिँ हैन के । तिमी राम्रो नेता होइनौ ।

बिहान १० बजे बोलाएर मलाई डक्टरले भन्नुभयो, हामीले जेजे गर्न सक्थ्यौँ ग¥यौँ, बाबा अब हुनुहुन्न । त्यसपछि त्यहाँ मैले तीन शब्द भनेँ– ठीक छ, ठीक छ, ठीक छ । त्यसपछि चुप लागेर बसेँ । तीन घण्टासम्म मलाई मात्रै थाहा छ, बुबा रहनुभएन । दिदीलाई थाहा छैन, ममीलाई थाहा छैन । । अब झुट बोल्नेक्रम चालु भयो । पहिलेदेखि नै झुट बोल्ने बानी थियो । मैले घरमा धेरै ढाँट्या छु ।

यसपालि ढाँट्न धेरै जरुरी थियो । यसपल्ट झुट बोल्दा समातिएँ भने धेरै गाह्रो हुन्थ्यो । मेरो ममीले पहिले नै भित्तामा हात, टाउको बजार्ने गरिसक्नुभएको थियो । उहाँलाई डिप्रेसनको औषधि पहिलेदेखि नै चलाइराखिएको छ । 

मैले झुट बोल्न थाले । बाबो स्वास्थ्य स्थिर छ, मुटुको चाल देखाइरहेको छ । बिस्तारै ठीक हुनुहुन्छ भन्दै ढाँट्दै ढाँट्दै अन्तिममा सन्देश र राकेश दुईजना साथीले सम्हाले । उनीहरू नभएको भए मैले के गर्न सक्थेँ केही पनि थाहा छैन । त्यसपछि बाबालाई जीतपुर ल्याउनुपर्ने भयो । ममीलाई के भन्ने १ त्यहाँबाट लिएर गए बित्नुभएछ भन्ने थाहा पाउनुहुन्छ भनेर, ‘ममी यहाँ भेन्टिलेटर खाली छैन, नारायणीमा लैजानुपर्ने भयो, त्यहाँ भेन्टिलेटरको व्यवस्था भएको छ, हामी त्यहाँ जाऊँ बाबाको उपचार त्यहाँ हुन्छ’ भनेर भन्यौँ । बाबाको बडी प्याक गरिसकेको थियो । एम्बुलेन्समा हालिसकेको थियो । आफ्नो श्रीमान् गुमाएकी आमालाई नारायणीमा उपचार हुन्छ भनेर श्मसान घाटमा लिएर गएँ । कति पाप छ मेरो टाउकोमा ।

मलाई जीवनमा यस्ता कुराहरूको पश्चाताप छैन ।

तीनवटा कुराहरूको पश्चाताप छ । मेरो बाबाले बित्नुभन्दा दुई दिनअघि मलाई नचिन्नुभएको हो के । आदर्श छोरा, बेटा नभनेर, को हो यो भन्नुभएको हो के बाबाले । लास्ट मेमोरी नै त्यही हो । जति बाबा, पापा भनेर बोलाए पनि बोल्नुहुन्थेन, एकचोटी पनि बोल्नुहुन्थेन ।

अर्को कुराचाहिँ मलाई नेपालको ठूलै स्ट्यान्डर्ड कमेडियन मान्दारहेछन् मलाई मानिसहरूले । राम्रै कमेडियन भन्छन् । जीवनमा एउटा पनि शो देखाउन पाइन । त्यही नै ठूलो सपना थियो, प्रज्ञा प्रतिष्ठानमा बाबालाई फ्रन्ट रो ९प्रेक्षालय अघिल्तिर राखेर० एक घण्टा बाबाको बारेमा गफ गर्न।।।१ फेलियर ९असफल० भइयो लाइफमा, लास्टै ठूलो । यही छ भन्नलाई, मसँग खासै धेरै कुरा छैन भन्नलाई । होल स्टोरी यही हो । एनएमसी र नारायणी मिलेर खाइदिए एउटा मानिसको जीवन । अब कति जनाको खान्छन्, मलाई थाहा छैन । लड्ने प्रयास जारी राखौँ, कतिलाई बचाउन सकिन्छ, बचाऊँ । मबाट जति हुन्छ म गर्न तयार छु । मलाई दस–बाह्रदिनको टाइम चाहिन्छ होला । क्रियाकर्महरू सकेर तपाईंहरूको हेल्प पोस्टहरू, अक्सिजन रिक्वायरमेन्टहरू सबै परिपूर्ति हुन्छ ।

धन्यवाद, राम्ररी बस्नुस् ।

उनले शेयर गरेको भिडियोमा यस्तो भने हेर्नुहोस् :

National medical college and Narayani hospital killed my dad !
I promise to you Mr. Mishra they will have to pay off !https://t.co/jPUNeEetAu

— Aadarsh Mishra (@typicalNepali18) May 26, 2021