२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सिरियामा राष्ट्रपतिका लागि निर्वाचन शुरु

सिरियामा राष्ट्रपतिका लागि निर्वाचन शुरु
अ अ+ अ-

दमासकस । सिरियामा राष्ट्रपति पदका लागि निर्वाचन शुरु भएको छ । सिरियाली अधिकारीहरुले बुधबार यहाँको राष्ट्रपति पदका लागि शुरु भएको निर्वाचनमा मतदान भइरहेको बताएका छन् ।

समाचारमा जनाइएअनुसार यहाँ सुरक्षाको समस्या रहेकोले निश्चित क्षेत्रमा मात्र मतदान भइरहेको बताएका छन् । खासगरी सिरियाको राजधानी र सरकारको नियन्न्त्रणमा रहेका क्षेत्रहरुमा मात्र निर्वाचन प्रक्रिया शुरु भएको बताइएको छ ।

बुधबार बिहानबाट शुरु भएको मतदान प्रक्रिया आज साँझसम्म नै जारी रहने बताइएको छ । सिरियाको सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरुमा मात्र निर्वाचनको मतदान भएको छ । सिरियाका आन्तरिक मामिला सम्बन्धी मन्त्री मोहमद अल रहमाउनले मंगलबार सिरियामा देशभरमा गरेर १२ हजार ओटा मतदान केन्द्रहरु स्थापना गरिएको जानकरी दिनुभएको थियो ।

उहाँले मंगलबार पत्रकार सम्मेलन गरेर बुधबार हुने मतदानको शान्ति सुरक्षाको पनि व्यवस्था मिलाइएको जानकारी दिनुभएको थियो । उहाँले मतदानको कामलाई सुरक्षित रुपमा सम्पन्न गर्ने गरी तयारी भएको जानकारी पनि त्यस अवसरमा दिनुभएको थियो ।

सिरियाका वर्तमान राष्ट्रपति बसार अल असदसहित यहाँका तीन जनाले राष्ट्रपति पदमा उम्मेदावारी दिएका छन् । सिरियामा केही वर्षअघि देखि नै राष्ट्रपति असदका विरुद्धमा आन्दोलन चर्किएको थियो । सिरियाका राष्ट्रपति असार अल असदका विरुद्धमा आन्दोलन चर्किएको थियो र जारी आन्दोलनमा भएका हिंसामा यहाँका ४ लाख भन्दा पनि बढी मानिसको ज्यान गएको छ । (रासस-सिन्ह्वा)