२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डपत्नी दाहालको निधनप्रति पूर्वराजाको समवेदना



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनप्रति लाई पूर्वराजा ज्ञानेन्द्र शाहले समवेदना प्रकट गर्नुभएको छ ।

बुधबार बिहान नर्भिक अस्पतालमा निधन हुनुभएकी स्वर्गीय दाहालको पार्थिव शरीरलाई अहिले श्रद्धाञ्जलि प्रकटा गर्न पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा राखिएको छ ।

पेरिसडाँडामा पुगेर पूर्वराजा शाहका तर्फबाट उहाँका मुख्य प्रमुख सचिव पशुपतिभक्त महर्जनले दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै समवेदना प्रकट गर्नुभएको छ ।