५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त



फाईल फोटो
अ+ अ-

काठमाडौँ । मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त ग गर्नुभएको छ ।

मनाङ एयरको हेलिकप्टर लिखुपिके गाउँपालिका–५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना हुँदा ६ जनाको निधन भएको थियो । प्रधानमन्त्री प्रचण्डले मृतक यात्रुप्रति श्रद्धासुमन अर्पण गर्नुभएको हो ।

‘सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको समाचारले दुखी तुल्याएको छ। दुर्घटनामा परी मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्दारका लागि नेपाल सरकारका सम्बन्धित संयन्त्रलाई निर्देशित गर्दछु,’ प्रधानमन्त्रीले भन्नुभएको छ ।

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको कल साइन ९एनए–एमभी हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लाम्जुरापासमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

हेलिकप्टरमा पाँच जना मेक्सिकन नागरिक र एक जना नेपाली थिए । हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए ।