२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको केन्द्रीय सचिवालयको मुख्य सचिवमा अधिकारी



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केन्द्रीय सदस्य केदारबहादुर अधिकारी ९चितवन० लाई केन्द्रीय सचिवालयको मुख्य सचिव पदमा मनोनयन गर्नुभएको छ ।

अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार अधिकारीलाई सो पदमा आज मनोनयन गर्नु भएको हो । अधिकारी नेपाल सरकारका पूर्वसचिवसमेत हुनुहुन्छ । यसैबीच पार्टीले सङ्गठनलाई थप सुदृढीकरण गर्न नवीन राप्रपाको अवधारणा सार्वजनिक गरी केही दिन अगाडि सबै प्रदेशमा शीर्ष नेतालाई संयोजकको जिम्मेवारी दिएको थियो ।

पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको कार्ययोजना कार्यान्वयन गर्न सबै प्रदेशमा प्रदेश संयोजक खटाएको हो । उपाध्यक्ष रोशन कार्कीलाई कोशी प्रदेश संयोजक, उपाध्यक्ष बुद्धिमान तामाङलाई मधेस प्रदेश संयोजक, विक्रम पाण्डेलाई बागमती प्रदेश संयोजक, उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई गण्डकी प्रदेश संयोजक, रविन्द्र मिश्रलाई लुम्बिनी प्रदेश संयोजक, उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई कर्णाली प्रदेश संयोजक र उपाध्यक्ष उद्वव पौडेललाई सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी दिइएको केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिनुभयो ।

जिम्मेवारी प्राप्त गरेका संयोजकले छ महिनाभित्र साङ्गठनिक सुदृढीकरणका कार्य सम्पादन गरी प्रतिवेदन केन्द्रलाई बुझाउनुपर्ने छ । रासस