२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारबाट गैरकानुनी रूपमा सुन ल्याएको आरोपमा १२ जना पक्राउ



अ+ अ-

काठमाडौँ । कतारबाट गैरकानुनी रूपमा सुन ल्याएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानुनी रूपमा सुन ल्याउने उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

प्रहरीले सुनिलकुमार महरा, दिनेशकुमार यादव, सन्तुगुलाम मुराउ, नरेश पंजियार, भुमबहादुर वली, विनोदकुमार साह, सञ्जुकुमारी साह, दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव, निभाइ साहलाई पक्राउ गरेको हो।

उनीहरूले करिब २ अर्ब ३७ करोड ८२ लाख ३६ हजार ५ सय ४९ बराबरको सुनलगायत कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ।

आइतबार नेपाल एयरलाइन्स र कतार एयरलाइन्सबाट आएका ५ जना नेपाली कामदारलाई विमानस्थलबाहिरबाट नियन्त्रणमा लिइएको थियो । उनीहरुले जनही ५८ ग्राम बराबरको सिक्री लुकाएर नेपाल भित्र्याएका थिए ।

त्यसरी भित्र्याइएको सिक्री त्रिभुवन विमानस्थलबाहिर रहेको होटल हिमालयन स्पायरका सन्चालक दम्पतीलाई दिने गरेको पाइएको छ ।