काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । बैठक ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रको भवनमा अपरान्ह पाँच बजे बोलाइएको हो ।
प्रदेशसभाको अधिवेशन, कोभिड-१९ को रोकथाम तथा नियन्त्रण र ३० आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न उनले बैठक आह्वान गरेका हुन् ।











