• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट शुरु भयो भन्ने होइनः महेश बर्तौला ★   गिरिबन्धु टि स्टेटबारे ओलीको जवाफः बालेनलाई सोध्नुस् ★   सिलौटो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल ★   विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ: गृहमन्त्री लामिछाने ★   टी–२० विश्वकपः नेपालको समूहका दक्षिण अफ्रिका र श्रीलंका भिड्दै ★   देउवासँगको छलफलपछि सिंहदरबारमा प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता ★   भोजपुरको सर्वाङ्गिण विकास निर्माणका लागि सबै एक हौँ: पूर्वराष्ट्रपति भण्डारी ★   अर्बपति रुपर्ट मर्डोकले ९३ वर्षको उमेरमा २६ वर्ष कान्छीसँग विवाह गरे ★   गोदावरी नगरपालिकाका मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   शेनबाम मेक्सिकोको राष्ट्रपति निर्वाचित, सर्वोच्च राजनीतिक ओहोदामा पुग्ने पहिलो महिला

नियन्त्रणमा लिइएको बाघ पर्सा पठाइयो



फाईल फोटो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले मानव बस्ती पसेर जनतालाई त्रसित बनाउँदै आएको बाघलाई नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ । यहाँ रहेका खोर भरिएपछि पर्सा पठाइएको हो ।

पश्चिम चितवनको मेघौली क्षेत्रका जनतालाई त्रसित बनाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले गत बुधबार नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बस्ती नजिक आएर जनतालाई त्रसित बनाउने, घरपालुवा जनावरलाई आक्रमण गर्ने गरेको सो बाघलाई भरतपुर महानगरपालिका–२७ बाट नियन्त्रणमा लिइएको थियो । बाघलाई नियन्त्रणमा लिएपछि केही दिन निकुञ्जको मुख्यालय कसरामा राखिएको भए पनि यहाँ राख्ने खोरको अभावका कारण पर्सा पठाइएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बाघ राख्नका लागि हामीसँग खोरको अभाव भयो, त्यसपछि खोरमा नै राख्नका लागि पर्सा राष्ट्रिय निकुञ्ज पठाएका छौँ ।” अन्दाजी १० वर्षको सो बाघलाई ‘डार्ट’ गरी नियन्त्रणमा लिइएको थियो । निकुञ्जमा बाघ राख्न बनाइएका खोर भरिएका छन् । मुख्यालय कसरामा रहेको खोरमा तीन र सौराहामा रहेको खोरमा दुई बाघ रहेका छन् । बाघ राख्नका लागि बनाइएको एउटा काठको खोर जीर्ण अवस्थामा छ । त्यसको मर्मत हुन सकेको छैन ।

यहाँका खोर विगत एक वर्षदेखि भरिएका छन् । घाइते, समस्याग्रस्त तथा मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा लिएर राख्ने गरिन्छ । घाइते बाघलाई उपचारपश्चात् उसको अवस्था हेरेर सेटेलाइट जडान गरी निकुञ्जमा छाड्ने गरिएको तिवारीले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा एउटा बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्नका लागि बाँके राष्ट्रिय निकुञ्ज पठाइएको थियो । रासस