२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमानले रक्सीले मातेको अवस्थामा आमिरलाई दिएका थिए लक्की ब्रासलेट



अ+ अ-

एजेन्सी । यस वर्ष बलिउडका दुई सुपरस्टार आमिर खान र सलमान खानले सँगै ईद मनाएका थिए । आमिर सलमानको घरको पार्टीमा पुगेका थिए जहाँबाट सलमानले उनीसँगको फोटो पनि सेयर गरेका थिए ।

त्यसपछि दुबै सलमानकी बहिनी अर्पिताको ईद पार्टीमा देखिएका थिए । यहाँ सबैको नजर आमिरमा थियो, जसले सलमानको फिरोजा ब्रासलेट लगाएका थिए ।

यसैबीच अमेरिकी युट्युबर जेवी कोएले यस घटनामा बोलेका छन् । भ्लग सेयर गर्दै कोएले सलमान कसरी भावुक भए र आमिरलाई आफ्नो भाग्यशाली ब्रासलेट दिए भन्नेबारे खुलासा गरेका छन् ।

जेवीले आफ्नो नयाँ भ्लगमा आफू ईदको भोलिपल्ट आमिरलाई भेट्न उनको घर गएको बताए । उनले आमिरलाई ब्रासलेटसँग संघर्ष गरिरहेको देखे ।

यसबारे आमिरले भने, ‘हिजो राती म सलमान खानसँग थिएँ । हामीले उनको फिल्मको उत्सव मनाइरहेका थियौँ । हामी दुबैले केही ड्रिंक खायौं र रक्सीले मातेर सलमानले भावुक भएर मलाई आफ्नो ब्रा सलेट दिए । सलमानले भने ‘तिमी मेरो भाइ हौ । हामी दुबै एकअर्कालाई लामो समयदेखि चिन्छौं । मैले यसलाई कहिल्यै फुकालेको छैन, तर तीमिले यो ब्रासलेट राख्न सक्छौ ।’

जेवीले अगाडि भने, ‘जब आमिर अर्को दिन उठे तब उनले सलमानको ब्रासलेट लगाएको महसुस गरे । आमिरले सलमानको ब्रासलेट राख्न नचाहेको कारण त्यही रात फर्काउन चाहन्थे ।

लामो समय अघि एक कार्यक्रममा सलमानले आफ्नो लक्की ब्रासलेटको बारेमा कुरा गरेका थिए । उनले भनेका थिए, ‘यो फिरोजा ढुंगा हो । जुन पृथ्वीमा पाइने दुई जीवित ढुङ्गा मध्ये एक हो । यो ढुङ्गाले मलाई नकारात्मकताबाट जोगाउँछ । यो मेरो सातौं ढुङ्गा हो ।’

कामको कुरा गर्दा, आमिर र सलमान दुबै आफ्नो अर्को प्रोजेक्टको खोजीमा छन् । उनका अघिल्ला दुवै फिल्म फ्लप थिए । यस्तो अवस्थामा दुबैजना समय निकालेर राम्रो स्क्रिप्टमा काम गर्न चाहन्छन् ।




भर्खरै