२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाले चुरोट खान्थिन्, बच्चा निलो जन्मियो



अ+ अ-

एजेन्सी । घटना भारतको गुजरातस्थित मेहसाना जिल्लाको हो । यहाँको अस्पतालमा एक महिलाले सी–सेक्शनले बच्चालाई जन्म दिइन् । जन्मेपछि बच्चाको पूरै शरीर नीलो भयो । रक्तचापको स्तर पनि कम हुन थाल्यो ।

यसपछि, बच्चालाई तुरुन्तै अहमदाबादको नवजात अस्पतालमा सारिएको थियो । यहाँ डाक्टरहरूले बच्चाको नजिकबाट जाँच गरे, त्यसपछि मेडिकल रिपोर्टमा बच्चाको शरीरमा निकोटिनको मात्रा अधिक भएको खुलासा भयो ।

चिकित्सकका नवजात बच्चाकी आमा दमको बिरामी थिइन् । त्यसमाथि उनी १५ वर्षको उमेरदेखि चुरोटको लतमा थिइन् । दिनमा १०–१५ पाउच सुर्ती–गुटखा पनि खान्थिन् । जसको प्रत्यक्ष असर गर्भमा हुर्किरहेको बच्चामा परेको थियो ।

मेडिकल रिपोर्टका अनुसार नवजात शिशुमा जन्मेपछि निकोटिनको मात्रा ६० एनजीरएमएल थियो । जुन एक वयस्कमा निकोटिनको सामान्य स्तर भन्दा ३००० गुणा बढी हुन्छ । यो स्वास्थ्यको लागि खतरनाक छ । ५ दिनको उपचारपछि बालकमा सुधार देखिएपछि चिकित्सकले डिस्चार्ज गरेका छन् ।




भर्खरै