२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग मन्त्रीद्वारा आफ्नै मन्त्रालयमा छड्के अनुगमन



अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले शुक्रबार मन्त्रालयमा छड्के निरीक्षण गर्नुभएको छ ।

शुक्रबार बिहान दश बजे मन्त्रालय पुगेर मन्त्री रिजालले आफ्नै मन्त्रालय मातहतका कर्मचारीहरु समयमा कार्यालयमा उपस्थित भए न भएको छड्के अनुगमन गर्नु भएको हो ।

निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेकोे पाइएपछि मन्त्री रिजालले कर्मचारी महाशाखाका प्रमुख लिला प्रसाद शर्मालाई कर्मचारी के कारणले समयमा उपस्थित हुन नसकेको हो बुझेर कर्मचारी नियमित रुपमा कार्यालय समयमा उपस्थिति हुने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

राम्रा कामको सुरुवात आफैबाट गर्नुपर्ने मान्यताका साथ आफु अघि बढेको भन्नु हुदै मन्त्री रिजालले सुधारको काम गर्न आफु कटीबद्ध रहेको बताउनु भयो । त्यसैगरी समयमा नै कार्यालयमा उपस्थित हुने कर्तब्य राष्ट्रसेवक कर्मचारीहरुको भएको बताउनु हुदै मन्त्री रिजालले यस बिषयलाई कडाईका साथ लागू गर्ने धारणा समेत व्यक्त गर्नु भयो ।

मन्त्री रिजालले कार्यालयको सरसफाइ र कार्यालयको लेआउटमा ध्यान दिनसमेत कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।