१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता शारुक ताम्राकार मृत भेटिए



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्रका अभिनेता शारुक ताम्राकारको निधन भएको छ । ३१ बर्षिय ताम्राकार काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका हुन् ।

उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । उनि केहि दिनदेखि चलचित्र ‘ह्यास्ट्याग माया’को छायांकनमा व्यस्त थिए । उनले बिहीबारसम्म पनि सो चलचित्रको छायांकन गरिरहेका थिए ।

‘रानी’ फिल्ममार्फत सन् २०१७ मा रजतपटमा डेब्यू गरेका अभिनेता ताम्राकार नेपाली फिल्म क्षेत्रका स्थापित कलाकार सानु ताम्राकारका छोरा हुन् ।

प्रहरीले उनको आत्महत्याका बारेमा अनुसन्धान गरिरहेको छ ।

ताम्राकारले ‘रानी’, ‘मेरी मामु’, ‘इन्टु मिन्टु लण्डनमा’ लगायतका चलचित्रमा अभिनय गरेका थिए ।