२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मल आपूर्तिका समस्या समाधान गर्न सरकारले प्रभावकारी कदम चालोस्: विष्णु पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णुप्रसाद पौडेलले मल आपूर्तिमा विद्यमान समस्या समाधानका निम्ति प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चाहिने बेलामा मल आपूर्ति नगर्ने र त्यसको असर कृषकलाई पार्नु नहुने बताउनु भयो । उहाँले कृषि उत्पादनमा असर पर्दा समग्र खाद्य चक्रमा नै असर पर्ने भन्दै सरकारले यसबारेमा समयमा नै सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले रासयनिक मल सार्वजनिक खरिद वा जिटुजीको प्रक्रिया जुनकुनैबाट गरेपनि खरिदका लागि समयसीमा निर्धारण गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चाहिने बेलामा मल नआउने र त्यसको प्रत्यक्ष असर कृषि उत्पादनमा पर्ने, जनताको जीवनमा पर्ने जुन स्थिति छ, यसलाई शिघ्र अन्त्य गर्नका निम्ति तत्काल मल आपूर्तिमा विद्यमान समस्या समाधानका निम्ति चाल्नुपर्ने कदमका लागि प्रभावकारी रुपमा कदम चालियोस् । हाम्रो माग कति हो, त्यसको आधारमा माग यकिन होस् । सार्वजनिक खरिद वा जिटुजीको प्रक्रियाबाट खरिद गर्छौं, त्यसका निीम्त टाइम बाउण्ड क्यालेण्डर लागू गरौँ र जुन कम्पनीमार्फत हामी खरिद गर्छौं, उनीहरुका निम्ति पनि खरिद गर्ने समयसीमा निर्धारण गर्ने हिसावले सम्झौता गरौँ । त्यो ढंगले जाँदा समस्या समाधान गर्न सकिन्छ । बजेटको अभाव हुँदैन भन्ने जुन कुरा छ, यो केही हदसम्म समाधान दिएको छ ।’

सांसद पौडेलले रासयनिक मलमा बजेट अभाव हुन नदिनका लागि सरकारले आवश्यक पहलकदमी गर्नुपर्ने बताउनु भयो ।




भर्खरै