२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मल खरिद र वितरणमा सबै पक्ष गम्भिर हुनु आवश्यक छ: विनोद चौधरी



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अर्थ समितिका ज्येष्ठ सदस्य तथा सभापति विनोदकुमार चौधरीले मल खरिद र वितरणको विषयमा सबै पक्ष गम्भिर हुन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले किसानलाई वितरण गर्ने रासायनिक मलबारे ठोस कार्ययोजना बनाई लागू गर्ने कुराले समस्या परेको बारेमा समितिलाई जानकारी दिन आग्रह गरेको छ । समितिमा रहनुभएका सदस्यहरु मध्ये उमेरका आधारमा ज्येष्ठ रहनुभएकाले सांसद विनोद चौधरीले समितिको सभापतित्व गर्नुभएको हो ।

नेपाल सरकारले पेट्रोल, डिजेलमा जस्तो सरकार–सरकारबीच सम्झौता गरेर आपूर्ति गर्ने विषयमा, नेपालमा नै रासायनिक मल उत्पादन गर्ने, उद्योग स्थापना गर्ने विषयमा सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनु भयो । उहाँले सरकारले मात्र आपूर्ति गरिरहेको अवस्थामा निजी क्षेत्रलाई किन खुला गर्न नसकिने जस्ता विषयमा सरकार स्पष्ट हुनुपर्ने बताउनु भयो । किसानको विषय र नेपालको अर्थतन्त्रलाई असर गर्ने विषयमा प्रधानमन्त्रीसहित मातहतका निकाय कार्ययोजनासहित स्पष्ट हुनुपर्ने उहाँले बताउनु भयो ।

समितिले अर्को बैठकमा प्रधानमन्त्री र अर्थमन्त्रीलाई किसानलाई उपलब्ध गराउने मलको आपूर्तिको बारेमा भएको प्रगति र आगामी कार्ययोजना बारे जानकारी लिने तयारी गरेको छ ।