२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढल व्यवस्थापनको उचित र वैज्ञानिक विधि अपनाउन जरुरी: सांसद पौडेल



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले ढलको व्यवस्थापन नभएसम्म काठमाडौं उपत्यकाका नदीहरु सफा बन्न नसक्ने बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौंका नदीहरु ढल बगाउने नदी बनिरहेकोप्रति दु:ख व्यक्त गर्नुभयो । उहाँले नदीका दुवैतर्फ करिडोर बनाएर ढलको व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । उहाँले ढल व्यवस्थापनको उचित र वैज्ञानिक विधि अपनाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वागमती लगायतका काठमाडौं उपत्यकाका नदीहरु सबै ढल बगाउने नदीहरु हुन् । हामीले नदी भनेको, अहिले ढल बगिरहेको छ । कतिपयमा केही खोल्सा वा नदीमाथि बाटो बनाएर घर घर जोन, पिच, ढलान गरेर बाटोले छोपिएको छ, महानगरले त्यसलाई खोल्ने भनेर भत्काइरहेको छ । त्यो त्यत्तिकै छोडियो भने गन्हाएर सकिँदैन ।’

‘त्यसैले दुई तिरै करिडोर बनाएर दुवैतिर ढल राख्ने स्थिति सरकारले बनाउनुपर्छ । नत्र भने अहिले नदीबाट ढलको निकास बनाइएको छ, त्यसबाट नदी सफा हुने, नत्र यहाँ कुनै प्रशोधन केन्द्र राखेपनि सम्भावना छैन । ढलको व्यवस्थापन नभएसम्म त्यसको प्रशोधन हुने स्थिति नभएसम्म कुनैपनि नदी सफा हुने अवस्था छैन । ढल व्यवस्थापनको उचित र वैज्ञानिक विधि अपनाउन जरुरी छ ।’

सांसद पौडेलले काठमाडौं उपत्यकाका नदीहरुलाई सफा बनाउनु जरुरी भइसकेको बताउनु भयो ।