२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा भीषण वर्षा, पन्ध्र जनाको मृत्यु



अ+ अ-

बेइजिङ । दक्षिणपश्चिम चीनमा भीषण वर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने अन्य चारजना बेपत्ता भएका छन् ।

सोमबारदेखि परेको मुसलधारे वर्षाका कारण बुधबार बिहान ७ बजेसम्म दक्षिणपश्चिम चीनको चोङकिङ नगरपालिकामा १५ जनाको मृत्यु भएको छ र चार जना बेपत्ता भएका राज्य सञ्चालित समाचार समिति सिन्ह्वाले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।

मौसम विज्ञान विभागका अधिकारीहरूले मङ्गलबार मध्य र दक्षिणपश्चिम चीनका धेरै भूभागमा भीषण वर्षा हुने जनाउँदै सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको थियो । वर्षाका कारण करिब ८५ हजार मानिस विस्थापित भएका छन् । छिमेकी सिचुआन प्रान्तमा पनि चार लाख ६० हजारभन्दा बढी सर्वसाधारण प्रभावित भएका छन् ।

राष्ट्रपति सी चिनफिङले सबै तहका अधिकारीहरूलाई जनताको सुरक्षा र सम्पत्तिको संरक्षणलाई उच्च प्राथमिकता दिन निर्देशन दिनुभएको छ । राष्ट्रपति सीले सबै तहका प्रमुख अधिकारीहरूलाई बाढीबाट जनसाधारणलाई जोगाउन तथा जनताको सुरक्षा र सम्पत्तिलाई संरक्षणलाई प्राथमिकता दिँदै सबै प्रकारको क्षति घटाउने प्रयासमा सक्रिय रहन निर्देशन दिनुभएको सिन्ह्वाले जनाएको छ । रासस