१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रु १० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ ।

६ वर्षे विकास ऋणपत्र २०८६ ‘च’ नामको ऋणपत्र असार २० गते बोलकबोलमार्फत बिक्री र असार २२ गतेका दिन निष्कासन गरिनेछ ।

उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन पाउनेछन् ।