२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युतिय ट्रान्सफर्म चोरी गर्ने चार जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

रौतहट । रौतहटका विभिन्न स्थानहरुबाट विद्युतिय ट्रान्सफर्म चोरी गरेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गरुडा नगरपालिका(६ पोठियाही बस्ने ४२ वर्षीय अशोक साह, कटहिया नगरपालिका–१ भसेढवा बस्ने ४६ वर्षीय रामलाल महतो, सोही ठाउँ बस्ने ३६ वर्षीय बिरेन्द्र राय र ३७ वर्षीय सुखल महतो रहेका छन् ।

रौतहटका विभिन्न स्थानहरूका ट्रान्सफर्मरहरुबाट तार लगायतका सामान चोरी गरेको घटना अनुसन्धानको क्रममा खटिएको प्रहरीले गरुडा नगरपालिका–४ स्थित कवारबाट तामाको चुडी १ सय ७५ किलो ७ सय ग्राम, तामाको क्वाईल १ सय २९ किलो ३०० ग्राम, खुल्ला तामाको तार ७१ किलोग्राम बरामद उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरूबाट मोटरसाइकल २ थान, १ थान स्कुटर र मोबाइल ४ थान समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर जिल्ला अदालत रौतहटबाट चोरी सम्बन्धी कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।