काठमाडौं । आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक हुँदैछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा शनिबार (आज) दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बजेट सार्वजनिक कार्यक्रम हुने भएको हो ।
संवैधानिक व्यवस्था अनुसार हरेक वर्षको जेठ १५ गते बजेट सार्वजनिक गरिने अनुसार अर्थमन्त्री पौडेलले शनिबार दिउँसो विपक्षी दलका नेता, सबै मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा बजेट सार्वजनिक गर्ने तय भएको छ ।
आज सार्वजनिक हुने बजेट कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहने जनाइएको छ ।











