• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ?

यु–१६ क्रिकेट: नेपालले दियो मलेसियालाई २५३ रनको लक्ष्य



काठमाडौं । नेपालले एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनल खेलमा मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ।

बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रन बनाएको थियो ।

नेपालका लागि नरेन भट्टले २ छक्का र १० चौकाको मद्दतले ८९ बलमा अविजित ११२ रन बनाएका थिए भने नेपालका ओपनर निरज यादवले ४९ बलमा ६ चौकासहित ४७ रन बनाए।

नेपालका ओपनर सुर्यांशु कोइरालाले १८ रन बनाए का थिए भने सन्तोष यादवले २६ र अशोक धामीले ११ रनको योगदान गरेका दिएका थिए ।

मलेसियाका लागि मुहम्मद अक्रमले सवैभन्दा बढी ३ विकेट लिए। समूह चरणको खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो।

फोटो: क्यान