२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 14.21

Wind: 1.03

Humidity: 94

तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय मामिला पत्रकार समाजमा नयाँ नेतृत्व



अ+ अ-

काठमाडौं । संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनले मनोज सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको आज सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा किरण दाहाल र उपाध्यक्ष ९महिला० सृजना घिमिरे, महासचिवमा जयसिंह महरा, सचिवमा गुञ्जनराज गिरी र सचिव ९समावेशी० सविता शर्मा, कोषाध्यक्षमा अमुल थापा निर्वाचत हुनुभएको छ ।

कार्यसमितिको नयाँ सदस्यमा राजु थापा, पुजन आचार्य, कमलराज भट्ट, रघुनाथ बजगाई, बिनोद कटुवाल, शिला तिमिल्सिना सर्वसम्मतरुपमा चनय हुनुभएको छ । त्यसैगरी समावेशी सदस्यद्वयमा मीरा बस्नेत र अन्जना लामिछाने विजयी हुनुभएको छ ।

निर्वाचन समितिका संयोजक टंक पन्तले निर्वाचन परिणाम घोषणा गर्दै नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिनुभयो ।

नयाँ कार्यसमितिको दुईवर्षको कार्यकाल हुनेछ । संसद र संसदीय मामिलासम्बन्धी गतिविधिमा कलम चलाउने पत्रकारहरुको साझा संगठनको रुपमा समाज रहेको छ । रासस