२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमाओवादी शक्तिबीच एकताको ठोस पहल हुँदैछ: प्रधानमन्त्री



अ+ अ-

पोखरा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताउनुभएको छ ।

पोखरामा आज बिहान माओवादी केन्द्रका उपलब्ध केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पदाधिकारीसँग अन्तक्र्रिया गर्दै उहाँले माओवादी कमजोर हुँदा परिर्वतनका मुद्दासमेत कमजोर हुने भएकाले एकताको पहल गरिएको हो भन्नुभयो । उहाँले भन्नुभयो, “माओवादी कमजोर हुँदा सिङ्गो परिवर्तन कमजोर हुन्छ । हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ । त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो । यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरुरी छ ।”

प्रधानमन्त्री दाहालले जनताले माओवादी नेतृत्वको सरकारमाथि धेरै आशा र भरोसा राखेकाकाले सबै मिलेर देश निर्माणका पक्षमा लाग्नुपर्नेमा जोड दिनुभयो । “हामीभित्र मात्र थपघट गरेर पार्टी पुनःनिर्माण हुँदैन । यसपटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ”, उहाँले भन्नुभयो, “यसका लागि नयाँ ढंगले सोच्दैछौँ । हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ । देश निर्माणका लागि फेरि नयाँ फड्को जरुरी छ । सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा फड्को हान्न खोजिएको छ । यसमा हामी दृढतापूर्वक अघि बढ्नुपर्छ । सरकार यसमा दृढ छ ।”

देशमा उपलब्ध प्राकृतिक साधनस्रोत उपयोग गरेर देशको समुन्नतिका पक्षमा फड्को हान्ने आफ्नो योजना रहेको प्रधानमन्त्रीले सुनाउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि के–कसरी काम गर्न सकिन्छ, यतातर्फ पनि सबैले सोचौँ । पार्टीका सबै नेता–कार्यकर्ताले देशको समृद्धिको पक्षमा काम गर्ने संकल्प गरौँ ।”

हालै गठन गरिएको समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्ने उहाँले जानकारी दिनुभयो । मोर्चाको बैठक बसेर कार्यक्रम तय गरिने प्रधानमन्त्रीले जानकारी दिनुभयो । सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माणको काम, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै अघि बढाइने प्रधानमन्त्रीले बताउनुभयो ।

उहाँले भन्ुनभयो, “हाम्रो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको छ । आज नै बैठक बसेर त्यसका कार्यक्रम तय गर्छौं । समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ । पूर्वमाओवादी पनि छलफलमा छौँ । फेरि पार्टी एकताको आधार निर्माण हुँदैछ । पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ ।”रासस

 




भर्खरै