६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पर्यटकको पर्खाईमा गुल्मीको लेकपोखरा

पर्यटकको पर्खाईमा  गुल्मीको लेकपोखरा
अ+ अ-

तलतिर चिटिक्क मिलेको बस्ती । माथि हराभरा जंगल अनि जंगलको बीचमा सुन्दर पोखरी । पोखरीकै नामले परिचित ठाउँ लेखपोखरा ।

धेरै भएछ लेकपोखरा नपुगेको । यसपालि यहाँ पुग्दा बेग्लै आनन्दको अनुभूति भयो । साँच्चिकै पहिलेको भन्दा धेरै सौन्दर्यताको घुम्टो ओढिसकेछ लेकपोखराले यहाँ आउनेहरूका लागि आफनो सुन्दरताले मोहनी लगाउन । गाउँघरतिर बूढापाकाले भन्ने गरेको सुनिन्थ्यो कि जे कुराका लागि पनि समय (जुर्नु) मिल्नु पर्छ । यसपालिको हाम्रो समय जुराउने कामका सारथि बने रेखाकुमार जिसी । यस क्षेत्रको विकास र संरक्षणमा अहोरात्र खटदै आएका छन् यिनी जनप्रतिनिधिको रूपमा ।

गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ५ मा अवस्थित लेकपोखरा क्षेत्र धार्मिक एवं पर्यटकीय हिसाबले महत्त्वपूर्ण छ । धार्मिक हिसाबले परापूर्वकाल देखिनै माघेसंक्रान्तिको अघिल्लो दिन मानिसहरू यहाँ जम्मा भै रातभर भजनकीर्तन, नाचगान गरी माघेसंक्रान्तिको बिहान यहाँ रहेको पोखरीमा स्नान गरी घर फर्कने चलन रहिआएको पाइन्छ । पोखरीको निर्माण कसरी भयो भन्ने कुरामा यहाँका स्थानीय ज्ञवाली परिवारका पुर्खाले चिम्टाले पोखरी खनी विभिन्न तीर्थस्थलबाट जल ल्याई यहाँको पोखरीमा मिसाएका थिए । त्यसै बेलादेखि यो तीर्थस्थलका रूपमा परिचित भएको स्थानीयहरूको भनाइ छ । यहाँ नुहाउनाले पापहरू नाश भै पूण्य मिल्ने जनविश्वास रहिआएको छ ।

पुरानो पोखरी जीर्ण बन्दै गइरहेकाले त्यस पोखरीलाई जीर्णोद्धार गरी नयाँ स्वरूप दिँदै स्थानीयहरूले अहिले नयाँ आकर्षक पोखरी निर्माण गरेका छन् । आधुनिकताले प्रभाव पारेसँगै लेकपोखरामा विभिन्न कार्यक्रमको आयोजना गरी माघेसंक्रान्तिमा स्थानीयहरूको सक्रियतामा तीन दिनसम्म मेला आयोजना गरिन्छ ।

स्थानीय र राष्ट्रिय कलाकारहरू जम्मा गरी सांस्कृतिक कार्यक्रम आयोजना गरिँदै आएको छ । साथै स्थानीय कृषकहरूले उत्पादन गरेका कृषि सामाग्रीहरूको प्रदर्शनी मेलामा राखिने हुँदा कृषकहरूलाई उत्पादनको क्षेत्रमा थप प्रोत्साहित बनाउन यसले टेवा पुगेको छ ।

जाऊँ जाऊँ र बसौँ बसौँ लाग्ने लेखपोखरा क्षेत्रलाई कसरी अझ सुन्दर र आकर्षक बनाउने चिन्ता स्थानीयहरूलाई छ । त्यसैले त यहाँबाट रोजगारीका लागि स्वदेश तथा विदेशमा गएका व्यक्तिहरूबाट आर्थिक संकलन गरी यहाँ मन्दिरलगायत अन्य संरचनाहरू बनिरहेका छन् । यहाँ बनेको ऋषिकेशको मन्दिरले सबैलाई आकर्षित गरिरहेको छ ।

यहाँसम्म पुग्नका लागि अहिले रेलिङसहितको सिँढी निर्माण गरिएको छ । मालिका गाउँपालिका पालिकाभित्रका पर्यटकीय स्थलहरूको प्रवर्द्धन र संरक्षणका लागि विशेष योजनाका साथ अगाडि बढेको गाउँपालिकाका अध्यक्ष देवीराम अर्याल बताउँछन् ।

यहाँ निर्माण भइरहेका पर्यटन पूर्वाधारका लागि गाउँपालिका, स्थानीय बासिन्दाका साथै प्रदेश सरकारले सहयोग गरिरहेको छ । यति हुँदाहुँदै पनि थुप्रै संरचना निर्माण गर्नुपर्ने हुँदा यसको डिपिआर कार्य सम्पन्न गरी लुम्बिनी प्रदेश सरकारसँग माग गरिएको वडा नं ५ का वडाध्यक्ष रेखाकुमार जिसी बताउँछन ।

यहाँबाट धौलागिरि हिमशृंखलाको अवलोकन गर्नुका साथै रोल्पा प्यूठान र बाग्लुङका सुन्दर दृश्य देख्न सकिन्छ । पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले यसै क्षेत्रको उल्टेढुंगा नजिकै भ्युटावरको निर्माण गरिएको छ । सबैका हातहातमा मोबाइल र सामाजिक संजालको अहिलेको आधुनिक जमानामा भ्युटावरबाट दृश्यावलोकनका साथसाथै सेल्फी खिच्नेहरूका लागि पनि यो स्थल रोचक र आकर्षकको केन्द्र बन्दै गइरहेको छ ।

पर्यावरण र जैविक विविधताका लागि पनि यो क्षेत्र निकै महत्त्वपूर्ण छ । यहाँ विभिन्न प्रजातकिा बोटबिरुवा पाइन्छन् । ऐँसेलु, चौतारी, म्याल, नास्पाती आदि प्रशस्त पाइन्छन् । आधुनिक प्रविधिको प्रयोग गरी म्यालको बोटमा नास्पातीका थुप्रै बोटहरू यहाँ देख्न सकिन्छ । गाउँपालिका र वडा कार्यालयले यसमा सहजीकरण गरिरहेका छन् ।

लेखपोखरा क्षेत्रमा यस भेगकै धार्मिक आस्थाको रूपमा रहेको मालिका देवीको मन्दिर पनि छ । शक्ति पीठको रूपमा रहेको यस मन्दिरमा नागदेवताको समेत बास रहेकाले यसको निर्माण र संरक्षणमा गाउँलेहरूले विशेष ध्यान दिएको वडाध्यक्ष रेखा जिसीको भनाइ छ । दशैँको कोजाग्रत पूर्णिमा र वैशाखे पूर्णिमामा मालिका देवीको मन्दिरमा विशेष पूजा गरिन्छ ।

मालिका मन्दिर भन्दा केहीमाथि सिद्धाथान भनेर चिनिने सिद्धको मन्दिर छ । यस भेगका बासिन्दाहरूको आस्थाको केन्द्रका रूपमा चिनिने सिद्ध मन्दिरमा पूजा गर्दा अर्याल मात्रै पुजारी हुने प्रचलन रहँदै आएको छ । नागपञ्चमी र जेठको पञ्चमीमा यहाँ पूजा गरिन्छ ।

लेक पोखराको सौन्दर्य र आकर्षण दिन प्रतिदिन बढदो छ । तर ध्यान दिनुपर्ने र गर्नुपर्ने कुरा के देखिन्छ भने यहाँसम्म सहज पहुँचका लागि बाटो अनि पदमार्गको सहज सुविधा, खानेपानीको उचित व्यवस्था, बाहिरबाट आउने पर्यटकहरूका लागि बस्ने बासको प्रबन्ध अनि यहाँको पर्यावरण र जैविक विविधताको संरक्षण । यसका लागि गाउँपालिका र स्थानीयहरूको थप सक्रियता आवश्यक देखिन्छ ।

यहाँबाट पूर्वतर्फ केही दूरीमा इस्मा गाउँपालिकामा अवस्थित तत्कालीन चौबिसे राजाको दरबार छ जहाँ अहिले इस्माकोट रहेको छ भने अर्कोतिर यसको पश्चिममा पर्ने मदाने गाउँपालिकाको पर्यटकीय स्थल कंके देउराली र धार्मिक आस्थाको मधाने मालिका पर्दछ । मालिका गाउँपालिकाको दक्षिणमा पर्ने धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफा पनि आफैँमा विचित्र छ । पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाहरूबीच समन्वय गरी कार्ययोजना अगाडि बढाउने हो भने आन्तरिक पर्यटनका लागि यो क्षेत्र नयाँ गन्तव्यस्थलको रूपमा विकसित हुने देखिन्छ ।