२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९औं एशियाली खेलकुदको तयारीमा जुट्दै नेपाली खेलाडी– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । नेपालका दुई सय ३३ खेलाडी चीनमा हुने १९ औं एशियाली खेलकुदको तयारीमा जुटिरहेका छन् ।२९ खेलका दुई सय ३३ नेपाली खेलाडीले चीनको हाङझाउ शहरमा आयोजना हुने एसियाडमा प्रतिष्पर्धा गर्न लागेका हुन् । चीनको होङ्झाउ शहरमा आगामी सेप्टेम्बर २३ देखि १९ औं एसियाड शुरु हुँदैछ ।

कोभिड महामारीका कारण एक वर्ष ढिला गरी हुन लागेको १९ औं एसियाड यस पटक भने निर्धारित समयमा नै हुने आशामा एशियाली राष्ट्रका खेलाडीहरू छन् । यसअघि सन् २०२२ को सेप्टेम्बरमा १० देखि २५ सम्म आयोजना हुने तय थियो । तर, चीनमा महामारी पैmलिएपछि प्रत्येक चार वर्षमा आयोजना हुनुपर्ने एशियाली खेलकुद प्रभावित हुन पुग्यो ।
हाङझाउ एसियाड आउन अब ८७ दिन मात्र बाँकी छ ।

आयोजना नजिकिँदै गर्दा नेपाली खेलाडीहरूले आफ्नो तयारी तिब्र बनाइरहेका छन् । यस पटक नेपालको तर्पmबाट कुल ५० जना प्रशिक्षकको प्रशिक्षणमा २३३ खेलाडीहरू १९ औं एशियाली खेलकुदको तयारीमा जुटिरहेका छन् । नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले आयोजना नजिकिँदै गर्दा खेलाडीको तयारीमा तिब्रता दिइएको बताउनु भयो । भारोत्तोलनका लागि वैदेशिक प्रशिक्षणको योजनामा रहेको पनि उहाँको भनाई छ ।

भारोत्तोलनका लागि नेपाली खेलाडी विशेष प्रशिक्षण गरिरहेका छन् । २९ खेलमध्ये गल्फ वैदेशिक प्रशिक्षण अन्तर्गत भारतको बैंग्लोरमा प्रशिक्षण गरिरहेको छ । अन्य केही खेल पनि वैदेशिक १९ औं एशियाली खेलकुद सचिवालयका सचिव प्रचण्ड शर्माले आगामी साउन १ देखि असोज ३ गतेसम्म खेलाडीलाई क्लोज क्याम्पमा राख्ने जानकारी दिनुभयो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विगतका प्रदर्शन र नतिजाका आधारमा तीन खेल तेक्वान्दो, कराते र बक्सिङलाई पहिलो प्राथमिकतामा राखेर तयारी गराइरहेको छ । एशियाली खेलकुदमा यी तीन खेलले नै नेपाललाई पदक दिलाउँदै आइरहेका छन् ।

१६औं एसियाडमा कांस्य पदक विजेतासमेत रहेका बक्सर दीपक महर्जनले नेपाली बक्सिङ टोलीले ढेड महिनादेखि राम्रो तयारी गरिरहेको बताउनु भयो । भारतीय प्रशिक्षकको नेतृत्वमा खेलाडीहरूले प्रशिक्षण गरिरहेको तयारी प्रभावकारी भइरहेको उहाँको भनाइ छ ।

हाल नेपाली बक्सिङ प्रशिक्षण टोलीका सदस्यसमेत रहेका महर्जनले पदक सम्भावनाका हिसावले सरकारले पहिलो प्राथमिकतामा राखेकाले आफूहरूले पनि सोही अनुरूप मेहनत गरिरहेको बताउनु भयो । तथापि, आवश्यक डाइटमा भने पर्याप्त सहयोग नभएको प्रशिक्षक महर्जनको गुनासो छ ।

गोङझाउ एसियाडमा आफूले राम्रो वैदेशिक प्रशिक्षण पाएकाले पदक जित्न सफल भएको उहाँ बताउनु हुन्छ । यस पटक पनि राम्रो वैदेशिक प्रशिक्षण पाएमा सरकारको योजनाअनुरुप नेपाली बक्सिङ टोलीले पदक दिनसक्ने प्रशिक्षक महर्जनको विश्वास छ ।

शुरुमा नेपालका २३ वटा खेलले एसियाडमा प्रतिष्पर्धा गर्ने तय थियो । यद्यपि, राखेपको ११६औं बोर्ड बैठकले खेल थप गर्दै नेपालका २९ वटा खेलका खेलाडीको प्रतिष्पर्धा गराउने निर्णय गरेको थियो । हालसम्म २९ खेलमध्ये २८ खेलको अन्तिम छनोट भइसकेको छ । यीमध्ये पुरुष क्रिकेट र इ स्पोटर््सको अन्तिम छनोट भइसकेको छैन । पुरुष क्रिकेट हाल जिम्बाबेमा विश्वकप छनोट खेलिरहेको छ । अर्को इ स्पोर्ट्स एसियाडमा छनोट हुनकै लागि अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गरिरहेको छ ।

अधिकांश खेलले विशेष प्रशिक्षण थालेका छन् । गत असार एक गतेदेखि विशेष प्रशिक्षणमा सहभागी खेलाडीलाई राखेपले दैनिक ९ सय र उपत्यकाबाहिरका खेलाडीलाई १६ सयका दरले भत्तासमेत प्रदान गर्दै आइरहेको छ । राखेप सदस्यसचिव टंकलाल घिसिङले खेलाडीहरूको तयारीबारे हरेक दिनजसो अनुगमन र निरीक्षण गर्दै आइरहनुभएको छ । यस क्रममा उहाँले खेलाडीको प्रशिक्षण, खुराक, स्वास्थ्य अवस्था, वैदेशिक प्रशिक्षण, प्रशिक्षण स्थलको अवस्था, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र खेलाडीको समस्यालगायत विषयमा जानकारी लिँदै आइरहनुभएको पनि छ ।