५ श्रावण २०८३, मंगलवार
,
Latest
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नलगाडमा सुत्केरी भैँसीलाई भत्ता



अ+ अ-

जाजरकोट । नलगाड नगरपालिकाले सुत्केरी भैँसीलाई भत्ता दिएको छ । ‘भैँसी सुत्केरी प्रोत्साहन हातभरि’ भन्ने नाराका साथ नगरपालिकाले सुत्केरी भैँसीलाई रू एक हजारका दरले भत्ता दिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताउनुभयो ।

दैनिक भैँसीपालक कृषकको सङ्ख्या घटिरहेकाले भैँसीपालनलाई थप व्यवस्थित गराउँदै भैँसीपालनमा आत्मनिर्भर गराउने उद्देश्यले सुत्केरी भत्ताको व्यवस्था गरिएको उहाँले बताउनुभयो । असार मसान्तभित्र सबै सुत्केरी भैँसीको भत्ता दिइसक्ने गिरीको भनाइ थियो ।

वडा नं ६ का वडाध्यक्ष वीरेन्द्र खड्काले वडाभित्र रहेका ३१ भैँसीपालन गर्ने किसानले सुत्केरी भत्ता बुझेको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाभरि तीन सय २४ सुत्केरी भैँसी छन् । भत्ता पाएपछि किसान खुसी भएका छन् ।

“बर्सेनि भैँसीपालक किसानलाई नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएर सहयोग गर्दै आएको छ । साथै नगरपालिकाले भैँसी बिक्री वितरणमा रोक समेत लगाएको छ”, वडाध्यक्ष वीरेन्द्र खड्काले भन्नुभयो । रासस




भर्खरै