२४ फाल्गुन २०८१, शनिबार
March 8, 2025 Saturday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 17.41

Wind: 1.54

Humidity: 48

Latest
धरानमा ‘अञ्जिला’को भव्य प्रिमियर: निर्देशक भन्छन्, ‘दर्शक प्रतिक्रियाले चलचित्र चल्ने सङ्केत पाएँ’ त्रिभुवन विश्वविद्यालय डिनको कार्यकक्षमा तोडफोडप्रति अनेरास्ववियको निन्दा महिलामाथि हुने शोषणाविरूद्धको सङ्घर्षलाई अझ सशक्त बनाउनुपर्छ : नेता खनाल प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना महिलाअधिकार तथा सशक्तीकरणमा राज्य सकारात्मक हुनु खुसीको कुरा हो : पूर्वराष्ट्रपति भण्डारीले महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न आवश्यक छ : परराष्ट्रमन्त्री देउवा बेलौरी नगरपालिकाका वडाध्यक्ष रिजालको निधन महिलामाथि हुने सबै खालका विभेदको अन्त्य गर्न जरूरी छ: प्रचण्ड पूर्वराजालाई अध्यक्ष दाहालको सुझाव : पार्टी खोलेर चुनाव लड्न आए हुन्छ अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनसँग जोड्ने उपाय
तपाईं के खोज्दै हुनुहुन्छ ?

औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्नु: औषधि विभाग



अ+ अ-

काठमाडौँ । औषधि व्यवस्था विभागले औषधि पसललाई औषधिको गुणस्तरमा शङ्का लागेमा परीक्षण गरेर मात्र बिक्री वितरण गर्न अनुरोध गरेको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको गुणस्तरियताको सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधि पसललाई औषधिको गुणस्तर परीक्षण गराई गुणस्तर एकीन गरेपछि मात्रै मात्र बिक्री वितरण गर्न अनुरोध गर्नुभएको हो ।

“विभिन्न अस्पतालमा सञ्चालित फार्मेसीबाट बिक्री वितरण हुने औषधिको गुणस्तरियताको सम्बन्धमा यस विभागमा जनगुनासो प्राप्त भएका छन्,” उहाँले भन्नुभयो, “औषधि ऐन, २०५३ को दफा १२ अनुरुप औषधि सुरक्षित, असरमुक्त र गुणयुक्त हुनुपर्ने व्यवस्था रहेकाले सबै अस्पतालमा सञ्चालित फार्मेसीले औषधिको खरिद तथा बिक्री वितरण गर्दा परीक्षण गराउनु पर्नेछ ।”

महानिर्देशक दकालले औषधिको गुणस्तर एकीन गरेर सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने बताउनुभयो । औषधि वितरक तथा औषधि पसल सञ्चालक नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्दै गुणस्तरीय औषधि सेवन गर्ने नागरिकको अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस